back
NMB ad

बोर्डको अभिव्यक्तिले कुनै असर गरेन दुई कम्पनीको कारोबारमा, सेयर मूल्य ७.६७ % सम्म बढ्यो

Kumari bank ad

काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्डले अस्वभाविक चलखेल गरि सेयर मूल्य बढाएको भनि सार्वजनिक गरेका ५१ वटा कम्पनीमा परेका दुई कम्पनीका लगानीकर्ताले भने बुधबारको कारोबारमा कमाएका छन् ।

यो दिनको कारोबारमा भारी गिरावट आउँदा र अन्य कम्पनीका लगानीकर्ताले गुमाउँदा पनि यी कम्पनीका लगानीकर्ताले भने कमाएका छन् । यो दिनको कारोबारलाई बोर्डले ५१ वटाको सूचिमा राखेपनि युनियन हाइड्रोपावर कम्पनी र महिला लघुवित्त वित्तीय संस्थाको कारोबारमा कुनै असर नपरेको देखिएको छ ।

चलखेल गरि सेयर मूल्य बढाएको भन्दै मंगलबार बोर्डले सार्वजनिक गरेको ५१ कम्पनीमध्ये युनियन हाइड्रोपावर कम्पनी र महिला लघुवित्त वित्तीय संस्था पनि रहेका छन् ।

बुधबारको कारोबारमा युनियन हाइड्रोपावर कम्पनीको सेयर मूल्य ७.६७ प्रतिशतले वृद्धि भएको छ भने महिला लघुवित्तको भने सामान्य वृद्धि भएको छ ।

यो दिन युनियन हाइड्रोपावरको सेयर मूल्य प्रतिकित्ता ३१ रुपैयाँले बढेर ४३५ पुगेको छ । अघिल्लो दिन कम्पनीको सेयर मूल्य ४०४ रुपैयाँ थियो । बुधवार कम्पनीको १५ करोड ९४ लाख ८२ हजार रुपैयाँ बराबरको ४ लाख ८ हजार ८२८ कित्ता सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ ।

यस्तै, महिला लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ५ रुपैयाँले बढेर ५०३५ रुपैयाँ पुगेको छ । अघिल्लो कारोबार दिन कम्पनीको सेयर ५ हजार ३० रुपैया थियो ।

बुधवार कम्पनीको ३ करोड ५६ लाख ५१ हजार रुपैयाँ बराबरको ७ हजार २३ कित्ता सेयर बिक्री भएको नेप्सेले जनाएको छ ।
मंलबार सेयर बजारको नियामक निकाय धितोपत्र बोर्डको अध्ययनले सेयर मूल्यमा अस्वभाविक चलखेल गरी मूल्य बढाइएका ५१ वटा कम्पनी सार्वजनिक गरेको थियो ।

बोर्डका अनुसार उक्त कम्पनीहरुको कारोबारमा भित्री कारोबार, सर्कुलर कारोबार, कर्नरिङ लगायतका धितोपत्र सम्बन्धी कसुरका सम्बन्धमा अध्ययन सुरु भएको जनाएको छ ।

वि.सं.२०७८ असार २ बुधवार १७:२० मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...