काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको मूल्य घटेको छ । आज नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि प्रतितोला ९० हजार रुपैयाँमा कायम भएको जनाएको छ । अघिल्लो दिन ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघले आजका लागि तेजावी सुनको भाउ ८९ हजार ५५० रुपैयाँ निर्धारण गरेको छ । शुक्रवार ९० हजार ३ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आइतबार चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो । अघिल्लो दिन १३ सय ५ रुपैयाँ भएको चाँदी आज १२ सय ९ मा झरेको छ ।
वि.सं.२०७८ असार ६ आइतवार ११:४८ मा प्रकाशित