काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकले १ः१ को अनुपार हकप्रद सेयर जारी गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
बैंकले ९९ करोड १४ लाख २९ हजार ८६७.४२ रुपैयाँ बराबरको उक्त सेयर निष्काशनका लागि असार ४ गते बोर्डमा निवेदन दिएको हो ।
बोर्डको स्वीकृतिपछि बैंकले ९९ लाख १४ हजार २९८.६७ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएई क्यापिटल रहेको छ ।
वि.सं.२०७८ असार ६ आइतवार १७:२२ मा प्रकाशित