काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको मूल्य वृद्धि भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला ४ सय रुपैयाँ वृद्धि भएको हो ।
नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलाको ९० हजार ४ सय रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन अर्थात आइतबार ९० हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।
महासंघले आजका लागि तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ९५० रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन ८९ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, सोमबार चाँदीको मूल्य पनि सामान्य उकालो लागेको छ । आज प्रतितोला ५ रुपैयाँले बढेर १२ सय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी १२ सय ९० रुपैयाँमा किनबेच भएको थियो ।
वि.सं.२०७८ असार ७ सोमवार १०:४१ मा प्रकाशित