काठमाडौं । सोमबार कारोबार सुरु भएको दुई घन्टाको अवधिमा सेयर बजारमा ५३.८६ अंकको गिरावट आएको छ ।
कारोबारको सुरु देखि नै बजारमा गिरावट सुरु भएको थियो । कारोबार सुरु भएको २० मिनेटपछि पुनः सुधार देखिएको बजारले निरावटलाई नै निरन्तरता दिएको छ ।
यो समाचार तयारपार्दासम्म नेप्से सूचक ५३.८६ अंकले घटेर परिसूचक २८५१.६० बिन्दुमा रहेको छ । २१३ कम्पनीको ८५ लाख २१ हजार ६० कित्ता सेयर ५ अर्ब ५ करोड ७४ लाख ९५ हजार रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा सबै समूहको उपसूचकमा भारी गिरावट आएको छ ।
वि.सं.२०७८ असार ७ सोमवार १२:५६ मा प्रकाशित