काठमाडौं । सेयर बजारमा दुई कम्पनीको सेयर मूल्य उच्च दरमा घटेको छ । यो समाचार तयार गर्ने बेलासम्म गोर्खाज फाइनान्स र घलेम्दी हाइड्रोको सेयर मूल्यमा उच्च गिरावट आएको हो ।
गोर्खाज फाइनान्सको सेयर मूल्य ९.३७ प्रतिशतले घटेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२४ रुपैयाँले घटेर १ हजार २ सय रुपैयाँमा झरेको छ ।
यस्तै, घलेम्दी हाइड्रोको सेयर मूल्यमा पनि ८.१४ प्रतिशतको गिरावट आएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता २४ रुपैयाँले घटेको हो । कम्पनीको सेयर मूल्य २७१ रुपैयाँमा झरेको छ।
वि.सं.२०७८ असार ७ सोमवार १३:४० मा प्रकाशित