काठमाडौं । धितोपत्र बोर्डमा १ अर्ब २९ करोड १४ लाख २९ हजार ८६७ रुपैयाँको १ करोड २९ लाख १४ हजार २९८ रुपैयाँको हकप्रद सेयर धितोपत्र बोर्डको पाइपलाइनमा रहेको छ ।
बोर्डका अनुसार पाइपलाइनमा रहेका ५ वटा कम्पनीको हकप्रदमा तीन वटा विकास बैंक, एउटा इन्स्योरेन्स कम्पनी र एउटा जलविद्युत कम्पनी रहेको छ ।
बोर्डको पाइपलाइनमा छ्याङदी हाईड्रोपावर, शिखर इन्स्योरेन्स, एक्सेल डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर बोर्डको पाइपलाइनमा रहेको छ ।
छ्याङदी हाइड्रोपावरले पनि हकप्रद सेयर निष्काशनको लागि बोर्डमा निवेदन दिएको छ । कम्पनीले १०ः३ अनुपातमा ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँको ८ लाख ९३ हजार २ हजार ५०० कित्ता हकप्रद सेयर निष्काशनको लागि बोर्डको पाएपलाइनमा रहेको छ । यसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
शिखर इन्स्योरेन्सले हकप्रद सेयर निष्काशनको लागि निवेदन दिएको छ । कम्पनीले १०ः३ अनुपातमा ५२ करोड ७५ लाख ५७ हजार २०० रुपैयाँको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर निष्काशनको लागि बोर्डमा आवेदन दिएको हो । यसको बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल रहेको छ ।
यस्तै एक्सेल डेभलपमेन्ट बैंकले पनि हकप्रद सेयर निष्काशनका लागि बोर्डमा निवेदन दिएको छ । बैंकले १०ः३ अनुपातमा २४ करोड ३३ लाख ३६ हजार ३६७ रुपैयाँको २४ लाख ३३ हजार ३६३.६७ कित्ता हकप्रद सेयर बिक्री गर्नको लागि बोर्डमा निवेदन दिएको छ । बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल रहेको छ ।
यस्तै नारायणी डेभलपमेन्ट बैंकले १०० प्रतिशत हकप्रद सेयर निष्काशनको लागि बोर्डमा आवेदन दिएको छ । बैंकले १ः१ अनुपातमा १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद सेयर निष्काशनको लागि बोर्डमा आवेदन दिएको छ । यसको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।
कर्पाेरेट डेभलपमेन्ट बैंकले पनि ३० करोड रुपैयाँको ३० लाख कित्ता हकप्रद सेयर निष्काशनको लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले १ः१.५ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । कम्पनीको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ । यी सबै कम्पनीलाई बोर्डले अनुमति दिएपछि हकप्रद सेयर निकाल्न पाउने छन् ।
वि.सं.२०७८ असार ७ सोमवार १४:१४ मा प्रकाशित