back
NMB ad

सेबोनको ५१ कम्पनीको सूचीमा परेको नारायणी विकास बैंकको मूल्यमा सकारात्मक सर्किट !

Kumari bank ad

काठमाडौं । सोमबार नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्यमा उछाल आएको छ । बैंकको सेयर मूल्य आज ९.९७ प्रतिशतले वृद्धि भएको हो ।

प्रतिकित्ता ६५ रुपैयाँले वृद्धि भई बैंकको सेयर मूल्य ७१७ रुपैयाँ पुगेको छ । बैंकले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा शत प्रतिशत हकप्रद सेयर निष्काशन गर्नका लागि निवेदन दिएसंगै लगानीकर्ताको आकर्षण बढेको हो ।

बैंकको आज २ करोड ९२ लाख २५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । उक्त दिन बैंकको ४२ हजार ३६२ कित्ता सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ ।

बैंकले १ः१ को अनुपार हकप्रद सेयर जारी गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले ९९ करोड १४ लाख २९ हजार ८६७.४२ रुपैयाँ बराबरको उक्त सेयर निष्काशनका लागि असार ४ गते बोर्डमा निवेदन दिएको हो ।

बोर्डको स्वीकृतिपछि बैंकले ९९ लाख १४ हजार २९८.६७ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएई क्यापिटल रहेको छ ।

यो कम्पनी नेपाल धितोपत्र बोर्डले इन्साइडर ट्रेडिङ , कर्नरिङ गरेर अस्वभाविक रुपमा सेयर मूल्य बढाएको भनेर सार्वजनिक गरेका ५१ वटा कम्पनीमा परेको छ ।

वि.सं.२०७८ असार ७ सोमवार १५:१६ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...