back
NMB ad

बैंकहरुले व्यवसायमैत्री व्यवहार गरेनन् भन्ने गुनासो आइरहेको छ, हामीले पनि महशुस गरेका छौं : गभर्नर अधिकारी

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले साना तथा घरेलु व्यवसायहरुको योगदान समग्र अर्थतन्त्रमा उच्च रहेको बताउनुभएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको वेबिनारमा उहाँले संसारभरी नै एमएसएमईज र एसएमइजको भूमिका झण्डै ९९ प्रतिशत रहेको र अर्थतन्त्रमा योगदान पनि धेरै अर्थपूर्ण रहेको बताउनुभयो ।

नेपाल राष्ट्र बैंकले पनि आफ्नो पोलिसी, आफ्ना नीतिहरुमा प्राथमिकता दिंदै आएको जानकारी गराउनुभयो । ‘गत सालको मौद्रिक नीतिमार्फत हामीले ऐतिहासिक परिवर्तन नै ल्याउन खोजेका छौं । नीतिगत हिसाबले धेरै हदसम्म उपलब्धी हासिल भएको छ’ उहाँले भन्नुभयो ‘सहुलियतपूर्ण कर्जा पनि प्रत्येक शाखामा १० वटा आवेदन आउनुपर्ने र सँगसँगै कुल कर्जाको १५ प्रतिशत एक करोड भन्दा साना कर्जाहरुमा जानुपर्ने व्यवस्था गरी पुर्नरकर्जामध्ये पनि ७० प्रतिशत पुनकर्जा १५ लाख भन्दा सानालाई दिने गरि व्यवस्था गरिएको छ ।’

यो भन्दा अगाडि साना उद्योगीले पुनकर्जा लिएको इतिहास नभएको भन्दै गत साल मात्रै ४२ हजार साना व्यवसायी पुनकर्जा पाएको जानकारी गराउनुभयो । त्यो महत्वपूर्ण उपलब्धि राज्यको नयाँ पोलीसी नै भएको उहाँको तर्क छ ।

‘हाम्रो प्रयास भनेको धेरै भन्दा धेरै ऋणीको, व्यवसायीको आत्मबल कसरी बढाउन सकिन्छ । उहाँहरु बीचमा आएका उतार चढावको कारणले आफै एउटा स्टेजमा पुगिसकेको व्यवसायबाट फेरी भासिन पुग्ने, हराउनुपर्ने स्थिति नआओस् भन्ने हो’ उहाँले भन्नुभयो ‘त्यहाँ कसरी नीतिगत हिसाबले सघाउन सकिन्छ भनेर राष्ट्र बैंकले एउटा इमानदार प्रयास गरेको हो ।’

‘व्यवहार र प्रकृयामा सोंचेजस्तो भएन बैंकहरुले अलिकति व्यवसायीमैत्री व्यवहार गरेनन् भन्ने कुरा हामीलाई बारम्बार नआएको होइन त्यसभित्र कैयौँ व्यवहारीक समस्याहरु हामीले पनि महशुस गरेका हौँ’ उहाँले भन्नुभयो ‘यस्ता कुरालाई कमगर्ने प्रयास गरेका छौं र धेरै हदसम्म सुधार भएको छ ।’

कार्यक्रममा महासंघका अध्यक्ष श्याम गिरीले उद्योगीहरुले लिएको कर्जामा निषेधाज्ञा अवधिको ब्याज मिनाहा गर्नुपर्नेमा जोड दिनुभयो । साना उद्योगीको हकमा पुनकर्जा सम्बन्धी कार्यविधिलाई पुनलेखन गर्नुपर्ने जरुरी रहेको भन्दै उहाँले पुनकर्जा कार्यविधि पुनलेखन कार्यमा घरेलु महासंघलाई पनि सहभागी गराइनुपर्ने बताउनुभयो ।

केही बैंकहरुले पुनकर्जा कार्यविधि तथा मौद्रिक नीतिमा लेखिएका शब्दहरुलाई केलाएर केही बैंकका शाखाहरुले साना उद्योगीहरुलाई निरुत्साहित गर्ने गरेको गुनासो राख्नुभयो । ‘कृषि उपज र प्रशोधन सम्बन्धी उद्योग भनेको छ’ उहाँले भन्नुभयो ‘तर धान, चामल र च्युराजन्य उद्योगका लागि पुनकर्जाको लागि जाँदा तपाइहरुको त कार्यविधिमा लेखेकै छैन भनिन्छ । बैंकका यस्ता व्यवहारले साना व्यवसायीहरुलाई सा¥है पीडित बनाएको छ ।’

राष्ट बैंकले मौद्रिक नीतिमार्फत गरेका व्यवस्थाहरुलाई वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरुले लागु हुन नसकेको उहाँको तर्क छ ।

महिला उद्यमीको हकमा सहुलियत कर्जा नै पाइएन भन्ने धेरै गुनासो रहेको भन्दै अध्यक्ष गिरीले भन्नुभयो ‘अघिल्लो वर्ष राष्ट्र बैंकले निर्देशित गर्दैगर्दा पनि धेरै बैंकले लागु गर्न सकेनन । उहाँहरुका पनि बाध्यता थिए होलान । ती बाध्यताकाबीच पनि हाम्रो अर्थतन्त्र उकास्नुपर्ने सन्दर्भमा महिला उद्यमीलाई उपेक्षा गर्यौं भने अर्थतन्त्रले गति लिंदैन ।’

वि.सं.२०७८ असार ७ सोमवार १८:४१ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...