back
NMB ad

तपाईको आम्दानीबाट राज्यलाई कति तिर्नुपर्छ कर (विवरणसहित)

Kumari bank ad

काठमाडौं । आन्तरिक राजस्व विभागले आगामी आर्थिक वर्ष २०७८-७९ का लागि (प्राकृतिक व्यक्ति) व्यक्तिगत तर्फको करको दर सार्वजनिक गरेको छ ।

विभागले सार्वजनिक गरेको दरमा एकल व्यक्ति र दम्पत्तीको लागि करको दर फरक फरक रहेको छ । विभागका अनुसार रोजगारीको आयमात्र हुने एकल व्यक्तिले वार्षिक ४ लाखसम्म करयोग्य आयमा १ प्रतिशत र दम्पती हुनेले वार्षिक ४ लाख ५० हजारसम्म करयोग्य आय भएमा एक प्रतिशतका दरले कर तिर्नुपर्ने छ ।

एकले व्यक्तिले ४ देखि ५ लाखसम्म करयोग्य आय भएमा न्यूनतम ४ हजारका अतिरिक्त ४ लाखदेखि ५ लाखसम्मको रकममा १० प्रतिशतका दरले कर तिर्नुपर्ने छ।

दम्पतीको हकमा ४ लाख ५० हजारदेखि ५ लाख ५० हजारसम्म करयोग्य आयमा न्यूनतम ४ हजार ५०० का अतिरिक्त ४ लाख ५० हजारदेखि ५ लाख ५० हजारसम्म १० प्रतिशतका दरले कर तिर्नुपर्ने छ ।

५ देखि ७ लाखसम्म करयोग्य आय भएमा एकल व्यक्तिले न्यूनतम १४ हजारका अतिरिक्त ५ लाखदेखि ७ लाखसम्म २० प्रतिशतका दरले कर तिर्नुपर्ने छ । दम्पतीको हकमा ५ लाख ५० हजारदेखि ७ लाख ५० हजारसम्म करयोग्य आय भएमा न्यूनतम १४ हजार पाँचसयका अतिरिक्त ५ लाख ५० हजारदेखि ७ लाख ५० हजारसम्मको रकममा २० प्रतिशत कर तिर्नुपर्ने छ ।

विभागका अनुसार ७ देखि २० लाखसम्म करयोग्य आय भएमा एकल व्यक्तिले न्यूनतम ५४ हजारका अतिरिक्त ७ देखि २० लाखसम्म ३० प्रतिशत कर तिर्नुपर्नेछ भने दम्पतीको हकमा ७ लाख ५० हजारभन्दा माथि २० लाखसम्म करयोग्य आय भएमा न्यूनतम ५४ हजार ५०० का अतिरिक्त ७ लाख ५० हजारदेखि २० लाखसम्म ३० प्रतिशत कर तिर्नुपर्छ ।

विभागका अनुसार २० लाखभन्दा बढी करयोग्य आय भएमा एकल व्यक्तिको हकमा वार्षिक ४ लाख ४४ हजारका अतिरिक्त २० लाखभन्दा बढी रकममा ३६ प्रतिशतका दरले कर तिर्नुपर्ने छ । दम्पतीको हकमा २० लाखभन्दा बढी करयोग्य आय भएमा न्यूनतम ४ लाख २९ हजार ५०० का अतिरिक्त २० लाखभन्दा बढी रकममा ३६ प्रतिशतका दरले कर तिर्नुपर्ने विभागले जनाएको छ ।

वि.सं.२०७८ असार ८ मंगलवार १०:४९ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...