back
NMB ad

सेबोनको गतिविधि र करोडौं भ्रष्टाचार गरेको उजुरी पछि मन्त्रालयको चासो, ढुंगानालाई उपप्रम पौडेलले बोलाए अर्थमा

Kumari bank ad

काठमाडौं । धितोपत्र बोर्डको पछिल्लो गतिविधि, बोर्डका अध्यक्ष भिष्मजाराज ढुंगानाले करोडौं भ्रष्टाचार गरेरको आरोपमा अख्तियारमा उजुरी परेपछि अर्थ मन्त्रालयले पनि चासो देखाएको छ ।

बोर्डले गत साता ५१ वटा कम्पनीको कारोबारमा इन्साईडर ट्रेडिङ, कर्नरिङ गरेर अस्वभाविक मूल्य बढाएको भन्दै सूचना निकालेपछि बजारमा आएको गिरावटसँगै मन्त्रालयले चासो देखाएको हो ।

यो पनि पढ्नुहोस् : ब्रेकिङ : करोडौं भ्रष्टाचार गरेको भन्दै सेबोनका अध्यक्ष ढुंगाना विरुद्ध अख्तियार उजुरी (उजुरीपत्र सहित)

साथै बोर्डका अध्यक्ष ढुंगानाले ५१ वटा कम्पनीको नाम सार्वजनिक गर्दा ३५ करोड घुस लिएको, बैंकका सहायक कम्पनीलाई ब्रोकरको लाईसेन्स रोक्न प्रति ब्रोकर २ करोडका दरले १ अर्ब घुस लिएको र अजोड इन्स्योरेन्समा इन्साइडर टे«डिङ हुँदा ३ करोडमा क्लिन चिट दिएको भन्दै अख्तियारमा परेको उजुरीको विषयमा पनि अर्थले चासो दिएको छ ।

यो पनि पढ्नुहोस् :  धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना विरुद्ध अख्तियारमा उजुरी

स्रोतका अनुसार उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेललाई मन्त्रालयमा बोलाएर यस विषयमा जानकारी लिनु भएको छ । बोर्डले ५१ वटा कम्पनीको बारेमा विज्ञप्ति निकालेपछि बजारमा निरन्तर गिरावट आइरहेको छ । यो अवधिमा लगानीर्ताको खर्बौ रुपैयाँ गुमाइसकेका छन् । बोर्डको पछिल्लो गतिविधिका सन्दर्भमा लगानीकर्ताका संघ संगठन, इप्पान, सिएनआई लगायतले विरोध जनाएका छन् । त्यसपछि मन्त्रालयले चासो लिएको हो ।

यो पनि पढ्नुहोस् : धितोपत्र बोर्ड विरुद्ध सर्वोच्च अदालतमा रिट दायर

भेटमा उपप्रम पौडेलले के मनसायले उक्त कम्पनीको सूची सार्वजनिक गरेको भनेर प्रश्न गरेका थिए । बोर्डले विज्ञप्तिमा नै वित्तीय अवस्था कमजोेर भएका कम्पनीहरुको पनि सेयर मूल्य ३०० प्रतिशत भन्दा बढी भएको, त्यस्ता कम्पनीको सेयर मूल्य अस्वभाविक रुपमा बढाईएको र ती कम्पनीको बारेमा बोर्डले आन्तरिक रुपमा अनुसन्धान गरिरहेको उल्लेख गरेको छ । भेटमा पनि यही कुराको जानकारी गराइएको बताइएको छ ।

यो पनि पढ्नुहोस् : 

बोर्डको बदमासीः उत्कृष्ट ठानेको कम्पनीमा कसरी देख्यो यत्रो चलखेल, कहाँबाट ल्यायो ईपीएस, पीई रेसियो र नेटवर्थको गलत तथ्याङक ?

धितोपत्र बोर्डको दूरदृष्टि : ७ महिनादेखि कारोबार नभएको कम्पनीमा पनि देख्यो इन्साइडर ट्रेडिङ र कर्नरिङ

धितोपत्र बोर्डले सार्वजनिक गर्यो अस्वभाविक मूल्य बढाइएका ५१ कम्पनी : भित्री कारोबार, कर्नरिङको आशंकामा अध्ययन सुरु (कम्पनीसहित)

वि.सं.२०७८ असार ८ मंगलवार १२:४२ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...