काठमाडौं । एभरेष्ट इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्सले प्रमुख कार्यकारी अधिकृत (सीईओ) को कार्यकाल थप्नका लागि बीमा समितिमा पठाएको छ ।
दुवै कम्पनीको सञ्चालक समितिले सिइओहरुको थप एक कार्यकालका लागि अन्तिम स्वीकृत लिन बीमा समितिमा पठाएको हो । एभरेष्ट इन्स्योरेन्सले केही समय अघि बीमा समितिमा स्वीकृती मागेको छ भने युनियनले विगत करिब २ साता अघि समितिमा अनुमति मागेको हो ।
एभरेष्ट इन्स्योरेन्स सीईओको कमल गौतमको कार्यकाल असार १५ गते र युनियन लाइफ इन्स्योरेन्सको सीईओ मनोजकुमार लाल कर्णको कार्यकाल असार मसान्तमा सकिँन लागेको छ । दुवै जनालाई दुवै कम्पनीले ४ वर्षको लागि कार्यकाल थप्न बीमा समितिको अनुमति मागेको हो । समितिले अनुमित दिएपछि दुबै सीईओको कार्यकाल ४ वर्ष थपिने छ ।
वि.सं.२०७८ असार ९ बुधवार १४:०० मा प्रकाशित