back
NMB ad

काठमाडौंमा जग्गा किन्दै हुनुहुन्छ, हेर्नुहोस कहाँको मूल्य कति ? बढीमा ५० लाखसम्म (विवरणसहित)

Kumari bank ad

काठमाडौं । काठमाडौं महानगरपालिकाले सम्पत्ति कर प्रयोजनका लागि जग्गाको मूल्य निर्माण गरेको छ ।

काठमाडौं महानगरपालिका क्षेत्र भित्रका प्रमुख सडक एवं सडकको दायाँ बायाँका जग्गाहरुको सम्पत्ति कर मूल्याङ्कन प्रयोजनको लागि मूल्य निर्धारण गरेको हो ।

महानगरका अुनसार सबैभन्दा बढी प्रति आना ५० लाख रुपैयाँसम्म रहेको छ । माइतीघर, सिंहदरबार पश्चिमगेट, पुतलीसडक,कृष्णा उरोटी,हात्तीसार, जयनेपाल, कान्तिपथ जमल, दरबारमार्ग र घण्टाघरदेखि कमलादी मोडसम्मका मुलसडकसँग जोडिएका दायाँबायाँका जग्गाको मूल्य प्रति आना ५० लाख रुपैयाँ रहेको छ ।

जमल, रानीपोखरी, वीर अस्पताल, नेपाल वायुसेवा निगम, गोश्वरा हूलाक, त्रिपुरेश्वरसम्मको मुलसडकसँग जोडिएका दायांबायांका, रत्नपार्क, पूरानो बसपार्क, शहीदगेटहूंदै सून्धारा चोकसम्म, सिंहदरबार पश्चिमगेटहुँदै भद्रकालीसम्मका मुलबाटोसँग जोडिएका दायांबायांकाजग्गाहरुको मूल्य प्रति आना ५० लाख रहेको छ ।

केशरमहल प्रवेशद्धारदेखि पश्चिम ठमेल मुलचोक हूंदै क्षेत्रपाटी चोकसम्मको मुलबाटोमा जोडिएका जग्गा, हनुमानढोका, जिल्ला प्रहरी कार्यालय पूर्व सुरज आर्केड, इन्द्रचोक, असनहूंदै भोटाहिटी चोकसम्म, असन चोकदेखि जमल राष्ट्रिय नाचघरसम्म र सो देखि पूर्व विश्वज्योतिहल हूंदै तिनधारा पाठशालासम्म मुलबाटासँग जोडिएका, महेन्द्र सालिकदेखि काठमाडौं प्लाजासम्म मुलसडकसँग जोडिएका दायाँ बायाँका जग्गाको मूल्य ५० लाख रुपैयाँ रहेको छ ।

पूतलीसडक, बागबजार, रत्नपार्कसम्मको मूलसडकसंग जोडिएका दायाँबायाँका जग्गाहरु, पूतलीसडक कूमारी बैंक चोकदेखि पूरानो बसपार्कसम्मको (शुक्रपथ) मुलबाटो, पद्मोदय मोडदेखि सभागृहचोकसम्मको मुलबाटोसंग जोडिएका दायाँबायाँकाजग्गाहरुको मूल्य प्रति आना ४० लाख रुपैयाँ पर्नेछ । यस्तै जिल्ला प्रशासन कार्यालय, काठमाडौं अगाडिको मूल सडकसँग जोडिएका दायाँ बायाँका जग्गाहरुको मूल्य प्रति आना ३२ लाख रुपैयाँ रहेको छ ।

नयाँ सडक गेटबाटउत्तर हूंदै महाबौद्ध (चिकं अटः) गणेशस्थानसम्म (भौंसीको मार्ग) सडकसँग जोडिएका दायाँ बायाँका जग्गाहरु चिकंअटः देखि इन्द्रचोकसम्म (ओटु मार्ग) सडकसंग जोडिएका दायाँ बायाँ, दुगमबहिल भौंसीको दोबाटोबाट पश्चिम साविकको रंजनाहलको गेटसम्म (प्यूखामार्ग, फसिकेव मार्ग) र नयां सडक पिपलबोट दोबाटोदेखि उत्तर साविकको रंजनासिनेमा हलसम्म (रंजनामार्ग)सडकसंग जोडिएका दायाँ बायाँका जग्गाको मूल्य प्रति आना ३६ लाख रुपैयाँ रहेको छ ।

कुन ठाँउको जग्गाको मूल्य कति पर्छ यहाँ हेर्नुहोस

वि.सं.२०७८ असार १० बिहीवार १६:१८ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...