back
NMB ad

सस्टेनेवल ईकोसिष्टमका लागि खुला श्रोतलाई बढावा दिन ओपो एलएफ एआई र डाटा फाउन्डेशनमा सम्मिलित

Kumari bank ad

असार १०, २०७८, काठमाडौं । ओपोले आधिकारिकरुपमा एलएफ एआई र डाटा फाउन्डेशनको गभर्नेन्स बोर्डमा प्रिमियर सदस्यकारुपमा आफ्नो सम्लग्नता जनाएको छ । यस मार्फत नवप्रबर्तन तथा एआई प्रविधिको अंगिकरणका लागि ओपो लगायत अन्य प्रिमियर सदस्यहरुले सशक्त ओपन सोर्स एआई र डाटा कम्यूनिटिजको प्रबद्र्धनका लागि उल्लेखनिय योगदान पु¥याउने छन् ।

सन् २०१८ मार्च महिनामा लिनक्स फाउन्डेशनद्वारा स्थापित एलएफ एआई एण्ड डाटा फाउन्डेशनमा विभिन्न उद्योग मध्यका ४९ सदस्य सम्मिलित छन् । यस फाउन्डेशनको उद्देश्य भन्नु नै संस्थाका सदस्यहरु विच सहकार्यको सम्भानालाई बढावा दिँदै नयाँ अवसरहरु खोल्दै ओपन एआई र डाटा कम्यूनिटीको स्थापना तथा विकास गर्दै एआई, एमएल र डाटा क्षेत्रमा ओपन सोर्स ईन्नोभेशनलाई बढावा दिनु रहेको छ ।

आफ्नो मिशन ‘टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दि वल्र्ड’ तिर अग्रसर हुँदै, ईन्टरनेट अफ एक्स्पेरियन्सको यस यूगमा डेभलपर्स र पार्टनर्स दूबैका लागि फाइदाजनक ओपन ईकोसिष्टमको निर्माण गर्नु ओपोको उद्देश्य हो । यसो गर्दा एलएफ एआई र डाटा फाउन्डेशन जस्ता समान सोच भएका पार्टनर्स एकअर्का प्रति सहकार्यका लागि आकर्षित हुन्छन् । लामो समयदेखि ओपोले एआई र डाटा प्रविधिमा लगानीलाई निरन्तरता दिइ रहेको छ । कन्भरसेशनल एआई, मेसिन लर्निंग, पर्सनलाइज्ड रिकम्मेन्डेशन अल्गोरिथम, क्लाउड र डाटा सेवा तथा सेक्योरिटी एण्ड प्राइभेसी लगायत प्रविधिको अन्वेषण तथा विकास मार्फत ओपोको एआई र डाटा ईञ्जिनियरिंग प्रणालीले विश्वभरका प्रयोगकर्ता तथा डेभलपर्सलाई उत्कृष्ट सेवा प्रदान गर्छ । एलएफ एआई र डाटा फाउन्डेशनमा सहभागिता जनाउँदै ओपोका अनुभवी प्रविधिक लियाम चेंग र डा. जिया जिमिनले क्रमशः गभर्निंग बोर्डका प्रतिनीधि र प्राविधिक एड्भाइजरी काउन्सिलका प्रतिनीधिका रुपमा एलएफ एआई र डाटाका सदस्यहरुसंग नजिक रही काम गर्दै उत्पादनका लागि ओपन सोर्स टूल्सको प्रयोगका लागि उत्कृष्ट तरिका छनोट गर्न सघाउने छन् ।

‘ओपोलाई प्रिमियर सदस्यका रुपमा हाम्रो गभर्निंग बोर्डमा स्वागत गर्न पाउँदा हामी हर्षित छौँ । हाम्रा सबै फाउण्डेशन लेभल कमिटीहरुमा ओपोको भोटिंग सिट हुनेछ’, एलएफ एआई एण्ड डाटा फाउन्डेशनका कार्यकारी निर्देशक डा. ईब्राहिम हदादले भने, ‘हामी ओपन सोर्स डेभलपमेन्टको समर्थन गर्छौ । साथै, ओपन सोर्स एआई र डाटा प्रविधि एकिकृत गर्दै दूबैलाई सहज तथा भरपर्दो बनाउन सघाउने दिर्घकालिन ईकोसिष्टमको निर्माणको पक्षधर हौँ । हाम्रो यस पहललाई ओपोले राम्रो संग बुझेको छ स्वस्थ ईकोसिष्टम निर्माण तथा विकासकालागि अग्रसर छ । हामीद्वारा आयोजित प्राविधिक परियोजनाहरुका लागि समर्थन गर्दै समुदायमा नवप्रबर्तनलाई बढावा दिन रणनीतिक रुपमा सर्वोच्च सदस्यता श्रेणीमा सहकार्यका लािग स्वागत गर्न पाउँदा हामी निकै उत्साहित समेत छौँ ।’

वि.सं.२०७८ असार १० बिहीवार १७:१० मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...