back
NMB ad

६ पालिकाले ल्याए आगामी आवका लागि बजेट, कुनको कति ?

Kumari bank ad

काठमाडौं । विहीबार देशका विभिन्न पालिकाहरुले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट विनियोजन गरेका छन् ।

केही पालिकामा भने आन्तरिक विवादका कारण बजेट प्रस्तुत हुन सकेको छैन । ललितपुर महानगरपालिकाले आज बजेट प्रस्तुत गर्न नसकेको हो ।

आज वीरगन्ज महानगरपालिका, हेटौँडा उपमहानगरपालिका, सूर्य विनायक नगरपालिका, गोदावरी नगरपालिका, खैरहनी नगरपाकिा र वीरेन्द्रनगरपालिकाले पनि बजेट विनियोजन गरेका छन् ।

हेर्नुहोस् कुनका पािलकाको कति बजेट ?

वीरगन्ज महानगरपालिका :

वीरगन्ज महानगरपालिकाले अगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ३ अर्ब ५५ करोड ३९ लाख ३७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

स्वास्थ्य र भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याईएको हो । विनियोजित बजेट मध्य चालु खर्चतर्फ १ अर्व ८६ करोड ३५ लाख, पुँजीगत खर्चतर्फ १ अर्ब ६२ करोड ३३ लाख र वत्तीय व्यवस्थातर्फ ६ करोड ७० लाखको बजेट सार्वजनिक गरीएको छ ।

हेटौँडा उपमहानगरपालिका :

आगामी आवका लागि हेटौँडा उपमहानगरपालिकाले २ अर्ब ६० करोड १५ लाख ५२ हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ ।

विनियोजित बजेटको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतबाट २४ करोड ३८ लाख, राजस्व बाँडफाँडबाट ५६ करोड ८ लाख, प्रदेश सरकारको विभिन्न अनुदानबाट प्राप्त १२ करोड ६६ लाख संघीय सरकारको अनुदानबाट १ अर्ब २ करोड, नगर विकास कोषबाट अनुदान ९ करोड र चालुवर्षको मौज्दातबाट ५६ करोड व्यहोरिने बताइएको छ ।

सूर्य विनायक नगरपालिका :

सूर्य विनायक नगरपालिकाले आगामी आवका लागि १ अर्ब ५७ करोड ६३ रुपैयाँ विनियोजन गरेको छ ।

जसमध्ये चालुतर्फ शाखागत कार्यक्रम १८ करोड ८६ लाख ७६ हजार, सामाजिक सुरक्षा १४ करोड, वडागत चालू कार्यक्रमका लागि २ करोड १५ लाख रूपैँया विनियोजन गरेको छ ।

नगरपालिकाले चालू १६ करोड २० लाख ८२ हजार रुपैयाँ गरी कूल ५१ करोड २२ लाख ५८ हजार पूँजीगत कार्यक्रमतर्फ ७३ करोड ९८ लाख ४७ हजार रुपैयाँ र सशर्त कार्यक्रमतर्फ ३२ करोड ४१ लाख ९५ हजार रुपैयाँ विनियोजन गरेको छ ।

गोदावरी नगरपालिका :

कैलालीको गोदावरी नगरपालिकाले आगामी आवका लागि १ अर्ब ८२ करोड ५ लाख रुपैयाँ विनियोजन गरेको छ । जसमध्ये चालु खर्चतर्फ ९३ करोड ४४ लाख २० हजार र पुँजीगत योजनातर्फ ८८ करोड ६१ लाख ४९ हजार रुपैयाँ विनियोजन गरेको हो ।

खैरहनी नगरपाकिा :

चितवनको खैरहनी नगरपालिकाले आगामी आवका लागि ९० करोड ७० लाख रुपैयाँ विनियोजन गरेको छ ।

बजेट अनुसार कुल खर्चमध्ये चालुतर्फ ४४ करोड २७ लाख ४४ हजार र पुँजीगततर्फ ४६ करोड ४५ लाख १८ हजार रुपैयाँ रहेको छ । विभिन्न कोषहरुमा ८५ लाख रुपैयाँ र आन्तरिक आय १४ करोड ६५ लाख रहेको छ ।

वीरेन्द्रनगर पालिका :

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले आगामी आवका लागि १ अर्ब ५६ करोड ५२ लाख रुपैयाँ विनियोजन गरेको छ ।

जसमध्ये चालुतर्फ १ अर्ब १३ करोड १९ लाख र पूँजीगतर्फ ४३ करोड ३३ लाख रुपैयाँ विनियोजन भएको हो । नगरपालिको चालु आर्थिक वर्षको बजेट १ अर्ब ४२ करोड ९९ लाख ९१ हजार रुपैयाँ रहेको छ ।

नगरपालिकाले संघीय सरकारको वित्तीय हस्तान्तरणबाट २५ करोड २० लाख, प्रदेश सरकारको वित्तीय हस्तान्तरणबाट २ करोड ९३ लाख, संघीय राजश्व बाँडफाँडबाट १५ करोड १३ लाख र प्रदेश सरकारको राजश्व बाँडफाँडबाट २४ लाख रुपैयाँ प्राप्त हुने बताइएको छ ।

वि.सं.२०७८ असार १० बिहीवार १९:२२ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...