काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको स्थगित भएको तेस्रो वार्षिक साधारणसभाका लागि मिति तय गरेको छ ।
एक सूचना निकाल्दै कम्पनीले असार २१ गते सभाले गर्ने भएको जनाएको छ । गत वैशाख १६ गतेका लागि तय गरेको सभा कोरोना महामारीका कारण देशभर जारी निषेधाज्ञाले स्थगित गरेको थियो ।
भर्चुअल माध्यमबाट कम्पनीको केन्द्रिय कार्यालय, हात्तिसारमा हुने सभाले काभिड–१९ राहत कोषमा सहयोग गरेको रकम अनुमोदन गर्ने विशेष प्रस्ताव पारित गर्ने छ ।
यस्तै, आव २०७६/७७ को वार्षिक प्रतिवेदनमा छलफल, लेखा परिक्षकको प्रतिवेदनसहित २०७६/७७(एनफआरएस) को, २०७७ असार मसान्तसम्मको बासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह सम्वन्धी विवरण र छलफल तथा पारित गर्ने साथै बाह्य लेखापरिक्षक नियुक्त गर्ने र पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।
सभा प्रयोजनका लागि कम्पनीले बैशाख १० गते नै बुक क्लोज गरेको छ । बैशाख १० गतेसम्म कायम रहेका सेयरधनीहरुमा सभामा भाग लिन पाउनेछन् ।
वि.सं.२०७८ असार ११ शुक्रवार ११:०८ मा प्रकाशित