काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एनआईबिएल एस समृद्धि फण्ड–२ सूचीकृत भएको छ ।
शुक्रबार एनआईबिएल एस क्यापिटलको सामूहिक लगानी कोष योजना अन्तर्गतको १५ करोड इकाई सूचीकृत गराएको हो ।योजनाको धितोपत्र कोड ( NlBsF2) कायम भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज र यस योजनाबीच असार ११ गते सूचीरकण सम्झौता सम्पन्न भएको हो । सूचीकरण भएको दोस्रो दिनबाट नेप्सेमा उक्त कम्पनीको धितोपत्रको दोस्रो बजारको कारोबार सुरु हुनेछ ।
वि.सं.२०७८ असार ११ शुक्रवार १२:४१ मा प्रकाशित