back
NMB ad

धितोपत्र सूचकांक यथार्थ नभएको बोर्डको दाबी, एसएमईज प्लेटफर्म कार्यान्वयन गर्न नेप्सेसँग माग्यो सुझाव

Kumari bank ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डले एसएमईज प्लेटफर्म कार्यान्वयनका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)सँग सुझाव मागेको छ ।

बोर्डका अनुसार साना तथा मझौला उद्योग लगायत औद्योगिक क्षेत्र तथा दोस्रो बजारको अवस्थाको समिक्षा गरी प्रारम्भिक अध्ययन गरिएको छ । उक्त अध्ययन प्रतिवेदनको सिफारिश अनुरुप कार्यान्वयनको लागि आवश्यक प्रकृया अगाडि बढाउन नेप्सेबाट गर्नुपर्ने तयारी तथा पूर्वाधारका सम्बन्धमा सुझाव मागिएको हो ।

बोर्डले नेप्सेमा सूचीकरण भएका तथा आगामी दिनमा सूचीकरण हुने साना तथा मझौला आकारका कम्पनीहरुको लागि कम्पनीको चुक्ता पूँजी र बजार पूँजीकरणको आधारमा नेप्सेको छुट्टै कक्षमा सूचीकरण तथा कारोबार हुने गरी एसएमइज प्लेटफर्मको व्यवस्था गरी कार्यान्वयनमा ल्याउन आवश्यक पूर्वाधार र कानूनी प्रावधान अन्य देशको अभ्यासको पुनरावलोकन, साना तथा मझौला उद्योग लगायत औद्योगिक क्षेत्र तथा दोस्रो बजारको हालको अवस्थाको समिक्षा गरी बोर्डद्धारा प्रारम्भिक अध्ययन गरिएको छ ।

नेपालको धितोपत्र बजारमा साना तथा ठूला पूँजीकरण भएका कम्पनीहरुले एकै किसिमको व्यवस्था अन्तर्गत पूँजीको संकलन तथा परिचालन गर्ने गरिरहेका छन् । सो व्यवस्थाका कारण साना तथा ठूला कम्पनीहरुको आवश्यकता अनुरुप वित्तीय औजार विकासमा कठिनाइ भई सरकारको नीति अनुरुप पूँजी बजार मार्फत् प्राथमिकताका क्षेत्रमा पूँजी परिचालन गर्ने कार्यक्रम निर्धारण तथा कार्यान्वयन गर्न समस्या देखिएको बोर्डको तर्क छ ।

बजारलाई व्यवस्थित गर्न बोर्डलाई आवश्यक नीतिगत लचकताको कमी हुन सक्ने देखिएको तथा सबै प्रकारका कम्पनीहरु एकै प्लेटफर्ममा सूचीकरण भई कारोबार हुँदा धितोपत्र सूचकांकहरुले बजारको यथार्थ प्रतिनिधित्व नगरेको  बोर्डको ठहर छ ।

त्यसैले बोर्डको चालु आवको नीति तथा कार्यक्रममा साना तथा मझौला कम्पनीहरुको लागि छुट्टै कारोबार हुने गरी एसएमईज प्लेटफर्म तथा अन्य कम्पनीको कारोबारका लागि मेन बोर्डको व्यवस्था गर्नको लागि नेप्सेलाई सहजीकरण गर्ने कार्यक्रम रहेको थियो । त्यसैको कार्यान्वयनमा अहिले बोर्ड जुटेको छ ।

वि.सं.२०७८ असार ११ शुक्रवार १७:२२ मा प्रकाशित

You can share this post!

एसईईमा सहभागी विद्यार्थीहरुलाई डिम्याट तथा मेरो शेयर खाता खोल्दा बम्पर छुट

एसईईमा सहभागी विद्यार्थीहरुलाई डिम्याट तथा मेरो शेयर खाता खोल्दा बम्पर छुट

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:४३

काठमाडौं । एसईई परीक्षा २०८० मा सहभागी हुनुभएका विद्यार्थीहरुलाई लक्षित...

गुरुप्रसाद न्यौपाने विशेषको त्रुटिपूर्ण फैसलाप्रति असन्तुष्ट, सर्वोच्चमा पुनरावेदन गर्ने तयारी

गुरुप्रसाद न्यौपाने विशेषको त्रुटिपूर्ण फैसलाप्रति असन्तुष्ट, सर्वोच्चमा पुनरावेदन गर्ने तयारी

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:३६

काठमाडौं । जलविद्युत क्षेत्रका भिष्मपिता भनेर चिनिने गुरु प्रसाद न्यौपानेले...

प्रभु बैंकका ग्राहकहरुलाई स्काइवाक टावरको टिकट खरिदमा  बिशेष छुट

प्रभु बैंकका ग्राहकहरुलाई स्काइवाक टावरको टिकट खरिदमा  बिशेष छुट

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:३०

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहकहरूलाई स्काइवाक टावरको टिकट खरिदमा...

सेयर बजारमा ओरालो यात्रा कायमै, कारोबार रकम पनि घट्यो

सेयर बजारमा ओरालो यात्रा कायमै, कारोबार रकम पनि घट्यो

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:२४

काठमाडौँ । साताको तेस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

घटेको बजारमा दुई कम्पनीमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

घटेको बजारमा दुई कम्पनीमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:१६

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

मंगलबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

मंगलबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:०५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...