back
Mega Long Ad

काठमाडौं महानगरलाई बजेट खर्च गर्न धौ धौ, करिब ५ अर्ब मात्रै खर्च

काठमाडौं । कोरोना महामारीका कारण चालु आर्थिक वर्षको बजेट अपेक्षा अनुसार खर्च गर्न नसकेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

समुदाय स्तरमा कोरोनाको संक्रमण फैलिएपछि काठमाडौँ महानगरलाई चालु आव २०७७-०७८ को राजस्व र खर्चको लक्ष्य पूरा गर्न कठिन भएको बताइएको छ ।

बिहीबार आगामी आव २०७८-०७९ को बजेट प्रस्तुत गर्दै महानगरकी उप प्रमुख हरिप्रभा खड्गी श्रेष्ठले कोविड १९ को संक्रमण समुदाय स्तरमा फैलिएपछि सिर्जना भएको अवस्थाका कारण लक्ष्य पूरा गर्न कठिन भएको छ ।’

आ. व. ०७८-०७९ को आय-व्यय अनुमान प्रस्तुत गर्दै उपप्रमुख खड्गी श्रेष्ठले भन्नुभयो, ‘चालु आवका लागि १६ अर्व ४२ करोड ७३ लाख रुपैयाँ आय अनुमान गरेर सोहीअनुरुप बजेट विनियोजन गरिएको थियो ।

त्यसमा बैङ्क मौज्दात ३ अर्व ५० करोड रुपैयाँ थियो । यसबाहेक आन्तरिकतर्फ ६ अर्व ६५ लाख रुपैयाँ अनुमान गरिएको थियो । त्यसमध्ये ४ अर्व ६३ करोड ८२ लाख रुपैयाँ प्राप्त भएको छ । निःशर्त अनुदान बाह्यतर्फ १ अर्व ४२ करोड ४८ लाख रुपैयाँ अनुमान गरिएकोमा ५४ करोड ७८ लाख रुपैयाँ प्राप्त भएको छ । सशर्त अनुदानतर्फ २ अर्व ५७ करोड ५१ लाख रुपैयाँ अनुमान गरिएकोमा ८३ करोड ५० लाख प्राप्त भएको छ ।’

प्रस्तावित आयमध्ये सामाजिक सुरक्षा भत्तावापत १ अर्ब २० करोड रुपैयाँ, जग्गा एकीकरण आयोजनाबाट फिर्ता ९६ करोड ८८ लाख रुपैयाँ थियो । चालु खर्चतर्फ विनियोजन गरिएको ४ अर्व ९२ करोड ४२ लाख रुपैयाँमध्ये ०७८ जेठ मसान्तसम्ममा २ अर्व ५९ करोड ९ लाख रुपैयाँ खर्च भएको छ । यसैगरी पुँजीगततर्फ ८ अर्व ८४ करोड २३ लाख रुपैयाँ विनियोजन गरिएकोमा १ अर्ब ३ करोड ३६ लाख रुपैयाँ, वित्तिय क्षेत्रतर्फ ३७ करोड ११ लाख रुपैयाँ विनियोजन भएकोमा ८ करोड ५० लाख रुपैयाँ खर्च भएको छ ।

विषयगत क्षेत्रअनुसार कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रका लागि १ अर्व ८४ करोड ८० लाख रुपैयाँ विनियोजन भएकोमा १ अर्व ३५ करोड १२ लाख अर्थात् ७३ प्रतिशत खर्च भएको छ । सामाजिक विकास क्षेत्रतर्फ २ अर्व ५७ करोड ७८ लाख रुपैयाँ विनियोजन गरिएकोमा १ अर्ब ९ करोड ३९ लाख रुपैयाँ अर्थात् ४२ प्रतिशत खर्च भएको छ ।

पूर्वाधार क्षेत्र विकासतर्फ ७ अर्व ८० करोड ७३ लाख रुपैयाँ विनियोजन गरिएकोमा ९३ करोड ९४ लाख रुपैयाँ खर्च भएको छ । सुशासन तथा अन्तरसम्वन्धित क्षेत्रतर्फ विनियोजन गरिएको १ अर्व १ करोड ३ लाख रुपैयाँमध्ये १९ करोड ५१ लाख खर्च भएको छ । आर्थिक विकास क्षेत्रमा विनियोजन गरिएको ८४ करोड ४२ लाख रुपैयाँमध्ये १४ करोड ४२ लाख रुपैयाँ खर्च भएको छ ।

चालु आवको बजेट खर्च गर्न नसकेर बसेका महानगरले आगामी आव २०७८-०७९ का लागि १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार रुपैयाँ बार्षिक बजेट प्रस्ताव गरिएको छ ।

बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ३ अर्ब ७५ करोड ७७ लाख, आर्थिक विकास क्षेत्रतर्फ ५५ करोड, सामाजिक विकासतर्फ २ अर्ब ७० करोड, पूर्वाधार विकासतर्फ १० अर्ब ८० करोड र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १ अर्ब १५ करोड प्रस्ताव गरिएको छ ।
प्रस्तावित बजेटमध्ये आन्तरिक आयबाट ४ अर्ब ३४ करोड ३२ लाख रुपैयाँ व्यहोरिनेछ ।

त्यसैगरी राजस्व बाँडफाँडबाट २ अर्व ५८ करोड २५ लाख रुपैयाँ, नेपाल सरकार तथा प्रदेश सरकारबाट निशर्त प्राप्त हुने ८३ करोड ९९ लाख रुपैयाँ, सशर्त अनुदानबाट प्राप्त हुने १ अर्ब ३२ करोड १४ लाख रुपैयाँ, बैङ्क मौज्दात ७ अर्व रुपैयाँ, सामाजिक सुरक्षा भत्तावापत् प्राप्त हुने १ अर्ब ५० करोड रुपैयाँ र अन्य वाह्य स्रोतबाट प्राप्त हुने १ अर्ब ३७ करोड ७ लाख रुपैयाँबाट व्यहोरिने उल्लेख छ ।

वि.सं.२०७८ असार ११ शुक्रवार १८:१५ मा प्रकाशित

You can share this post!

भोलिदेखि आउँदैछ ५० हजार कित्तासम्म भर्न पाइने गरि नयाँ आईपिओ, कहिलेसम्म दिने आवेदन ?

भोलिदेखि आउँदैछ ५० हजार कित्तासम्म भर्न पाइने गरि नयाँ आईपिओ, कहिलेसम्म दिने आवेदन ?

वि.सं.२०७८ असोज १० आइतवार २१:०२

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरले भोलि अर्थात असोज ११ गतेदेखि...

साहस उर्जाको आइपीओमा लगानीकर्ताको ओइरो, ५.६२ गुणा बढी आवेदन

साहस उर्जाको आइपीओमा लगानीकर्ताको ओइरो, ५.६२ गुणा बढी आवेदन

वि.सं.२०७८ असोज १० आइतवार १८:११

काठमाडौं । साहस उर्जाको आइपीओमा लगानीकर्ताको ओइरो लागेको छ ।...

एनआरएनएको अध्यक्षमा कुल आचार्यद्वारा उम्मेदवारी घोषणा, के छन् प्रतिबद्धता ?

एनआरएनएको अध्यक्षमा कुल आचार्यद्वारा उम्मेदवारी घोषणा, के छन् प्रतिबद्धता ?

वि.सं.२०७८ असोज १० आइतवार १७:२८

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार तथा पूर्व...

आइएमई डबलको डबलको डबल अफरका विजेता घोषित, केशब र विशाललाई दोब्बर लाभ

आइएमई डबलको डबलको डबल अफरका विजेता घोषित, केशब र विशाललाई दोब्बर लाभ

वि.सं.२०७८ असोज १० आइतवार १६:४९

काठमाडौं । आइएमईले पर्व लक्षित दशैंमा डबलको डबलको डबल अफर...

उद्योग संगठन मोरङले सुरु गर्यो औद्योगिक सर्वेक्षण

उद्योग संगठन मोरङले सुरु गर्यो औद्योगिक सर्वेक्षण

वि.सं.२०७८ असोज १० आइतवार १६:२६

बिराटनगर । उद्योग संगठन मोरङले सुनसरी मोरङ औद्योगिक करिडोर र...

सेयर बजारमा पहिरोजाँदा यी हुन् कमाउने र गुमाउने कम्पनी ?

सेयर बजारमा पहिरोजाँदा यी हुन् कमाउने र गुमाउने कम्पनी ?

वि.सं.२०७८ असोज १० आइतवार १५:४१

काठमाडौं । सेयर बजारमा पहिरो जाँदा केही कम्पनीका लगानीकर्ताले कमाएका...