back
NMB ad

रिसाएको बिरालोले खाँबो चिर्थोछ : प्रधानमन्त्री ओली

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले विगत तीन वर्षमा नेपालको परराष्ट्र नीतिले ठोस रुप लिएको बताउनुभयो ।

पुर्व परराष्टमन्त्री प्रदीप ज्ञवालीको सवा तीन वर्षे कार्यकालका महत्वपूर्ण मन्तव्य तथा अनुभवलाई समेटेर तयार गरिएका फरेन पोलिसिज अफ नेपाल ओरियन्टेसन एन्डप्रायोरिटी तथा कोभिड १९ मल्टीडिसिप्लिनरी न्यारेटिभ्स् शीर्षकका दुई पुस्तक सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले यस्तो विचार राख्नुभएको हो ।

परराष्ट मामिला अध्ययन प्रतिष्ठानद्वारा शुक्रबार आयोजित कार्यक्रममा संस्थाले प्रकाशन गरेका अन्य दुई पुस्तिकाको पनि प्रधानमन्त्रीले विमोचन गर्नुभएको थियो ।

‘जसरी चुच्चे नक्सालाई कसैले मेटाउन सक्दैन त्यसै गरी विदेश नीतिपनिकसैले हल्लाउन सक्दैन किनकी यो अन्यौलमा होइन, प्रस्टताका आधारमा बनेको छ’, प्रधानमन्त्रीको भनाई थियो ।

उत्पत्तीकाल देखिनै नेपालले कायम गरेको स्वतन्त्र र सार्वभौम राष्ट्रको हैसियत ऐतिहासिक गौरवको विषय भएको उल्लेख गदै प्रधानमन्त्रीले छिमेकीका बीचमा सन्तुलित सम्बन्ध कायम राख्नमा मुख्य जोड रहने पनि बताउनुभयो । ‘यसमा हामी चलाखीले काम लिन चाहँदैनौ र एउटाको विरुद्ध अर्काको कार्ड खेल्दैनौ’,प्रधानमन्त्रीले ओलीले भन्नुभयो ।

नेपालले ‘वसुधैव कुटुम्बकम्’को ऐतिहासिक परम्परा न्याय र अन्तर्राष्ट्रिय प्रतिवद्धता अनुरुप एवं साझाहितका आधारमा परराष्ट्र सम्बन्ध अघि बढाउने र त्यसो गरी रहँदा राष्ट्रियहितको संरक्षणलाई केन्द्रमा राखिने पनि उहाँले बताउनुभयो । नेपाल विश्वमा शान्ति छाउनुपर्छ भन्ने मान्यताबाट निर्देशित रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, हामी परमाणविक र आम विनाशकारी हतियारको पक्षमा छैनौ, थन्क्याएर राखिएका ति हतियारहरु कथं कदाचितविष्फोट भएभने के होला? भन्नेमा सजग छौं,’ उहाँको भनाई थियो ।प्रधानमन्त्रीले ओलीले भन्नुभयो ।

सबैसँग मित्रता, छैन कसैसँग सत्रुताभन्ने नीति कसैलाई फितलो पनि लाग्न सक्ने बताउँदै प्रधानमन्त्रीले थप्नुभयो,-‘परि आउँदा मात्र लड्ने हो यसो भन्नु कुनै कायरता वा निरिहता होइन’ ।

नेपालले सन्दर्भ गुमाइसकेका पुराना सन्धीहरुलाई नयाँ परिवेशमा बदल्न चाहेको बताउँदै प्रधानमन्त्रीले छिमेकी देश भारतसँग भएका सन् १९५० को जस्ता राणाकालीन सन्धीहरु पुनरावलोकनका लागि दुई प्रमका बीचमा भएको सहमति अनुसार ४/४ जनाको विज्ञ टोली बनाइएको समेत उल्लेख गर्नुभयो ।

राजनीतिक प्रसंगमा प्रधानमन्त्री ओलीले आफूले एक पटक‘रिसाएको बिरालोले खाँबो चिर्थोछ’भनेको जस्तै अहिले राष्ट्रपति माथि अवान्छित टिप्पणी गरिन थालिएको उल्लेख गनुभयो । नेताले बोल्ने र अदालतबाट उस्तै फैसला हुने देखिएको तर्फ संकेत गर्दै उहाँले भन्नुभयो, ‘कुखुरा हराएको अघिल्यो दिन धादिङमा कसरी स्याल करायो’ ?

कार्यक्रममा पुर्वपरराष्ट्र मन्त्रीज्ञवालीले विमोचित पुस्तकले आफ्नो कार्यकालका प्रमुख विषयवस्तु समेटेको बताउँदै परराष्ट्र क्षेत्रलाई संस्थागत स्मृति रहने हिसाबले पनि पुस्तक उपयुक्त हुने बताउनुभयो ।

नेपाली परराष्ट्र मामिला विगत सानो र कमजोर मुलुकको लघुताभाषले जकडिएको अवस्थामा रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘समस्यालाई गुन्द्रीमुनीलुकाएर नभई खुलस्त राख्दा नै राम्रो हुने देखियो’ ।

वि.सं.२०७८ असार ११ शुक्रवार १८:३२ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...