काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको मूल्य बढेको छ । आइतबार छापावाला सुनको मूल्य तोलामा २ सय रुपैयाँले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि ९० हजार ७ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन अर्थात शुक्रबार ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार महासंघले तेजावी सुनको मूल्य ९० हजार २ सय रुपैयाँ कायम भएको गरेको छ ।
यस्तै, नेपाली बजारमा आज चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज तोलामा ५ रुपैयाँले वृद्धि भई १३ सय ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन चाँदी १३ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
वि.सं.२०७८ असार १३ आइतवार ११:४७ मा प्रकाशित