back
NMB ad

ब्याज खान पल्के बीमा कम्पनीः ४ खर्ब लगानी गर्दा मुद्दती निक्षेपमा मात्रै सवा ३ खर्ब

Kumari bank ad

काठमाडौं । सञ्चालनमा रहेका जीवन, निर्जीवन तथा पुनर्बीमा कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४ खर्ब ६ अर्ब ८४ करोड १० लाख २८ हजार रुपैयाँ लगानी गरेका छन् ।

उक्त लगानीमध्ये यी कम्पनीहरुले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंकको मुद्दती खातामा ३ खर्ब २७ अर्ब ७७ करोड ८१ लाख ९९ हजार रुपैयाँ लगानी गरेर ब्याज खाइरहेका छन् । बीमा समितिका अनुसार निर्जीबन तथा पुनर्बीमा कम्पनीको मात्रै बैंकमा ५० अर्ब ७२ करोड २३ लाख ९५ हजार रुपैयाँ मुद्दति निक्षेपमा रहेको छ ।

जसमा ४५ अर्ब ३५ करोड ८७ लाख २५ हजार रुपैयाँ ‘क’ वर्गका बैंकको मुद्दती खातामा रहेको छ भने ‘ख’ वर्गका बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ४ अर्ब ६० करोड ११ लाख २० हजार रुपैयाँ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ७६ करोड २५ लाख ५० हजार रुपैयाँ रहेको छ ।

यस्तै जीवन बीमा कम्पनीले गरेको लगानीमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंकको मुद्दति खातामा २ खर्ब ७७ अर्ब ५ करोड ५८ लाख ४ हजार रुपैयाँ लगानी गरेर ब्याज खाइरहेका छन् । जसमा ‘क’ वर्गका वाणिज्य बैकको मुद्दति निक्षेपमा २ खर्ब ४५ अर्ब ४७ करोड ५० लाख ४ हजार रुपैयाँ रहेको छ ।

ख’ वर्गका बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा २८ अर्ब ३८ करोड १३ लाख रुपैयाँ रहेको छ भने ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा ३ अर्ब १९ करोड ९५ लाख रुपैयाँ रहेको छ ।

बीमा समितिले आईपीओमा जम्मा लगानीको १० प्रतिशत मात्रै लगानी गर्न भनेको छ । समितिले सरकारको बचतपत्र तथा ऋणपत्रमा न्यूनतम ५ प्रतिशत, वाणिज्य बैंकको मुद्दछित निक्षेप र पूर्वाधार बैंकको मुद्दती निक्षेपमा ४० प्रतिशत, घर जग्गामा बढीमा ५ प्रतिशत, ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर र ऋणपत्रमा बढीमा २० प्रतिशत लगानी गर्ने व्यवस्था गरेको छ ।

यस्तै पब्लिक कम्पनीको ऋणपत्रमा बढीमा २० प्रतिशत, कृषि, पर्यटन र जलस्रोतमा बढीमा २० प्रतिशत, म्यूचुअल फण्ड र नागरिक लगानी कोषमा बढीमा ५ प्रतिशत, विकास बैैंक तथा वित्तीय संस्थाको मुद्दतिमा बढीमा २० प्रतिशत ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको मुद्दतिमा बढीमा १० प्रतिशत लगानी गर्न भनेको छ ।

वि.सं.२०७८ असार १३ आइतवार १८:४७ मा प्रकाशित

You can share this post!

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:२५

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार...

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:१८

वासिङ्टन, १२ वैशाख : अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई...

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...