काठमाडौं । राधी विद्युत कम्पनीको प्रस्तावित ३६.५ प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । असार २९ गते कम्पनीको साधारणसभा प्रयोजनका लागि भोलि बुक क्लोज गर्दैछ ।
मंगलवारदेखि बुक क्लोज गर्ने भएकाले आजसम्म सेयर कायम गर्नुपर्ने भएको हो । कम्पनीको सभाले चुक्त पुँजीको ३६.५ प्रतिशत बोनस सेयर (कर बाहेक) जारी गर्ने विशेष प्रस्ताव पारित गर्ने जनाएको छ ।
बोनस सेयर जारी पश्चात कायम हुने चुक्त पुँजीको १४७.५२ प्रतिशत (१ः१.४७५२ ) कित्ता हकप्रद सेयर जारी गर्ने र जसका लागि आवश्यक कार्यका लागि संचालक समितिलाई अख्तियारी प्रत्यायोजना गर्ने प्रस्ताव लैजाँदै छ ।
वि.सं.२०७८ असार १४ सोमवार १०:४९ मा प्रकाशित