काठमडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । यो समाचार तयार गर्ने बेलासम्म कम्पनीको सेयर मूल्य ९.६३ प्रतिशतले वृद्धि भएको हो ।
प्रतिकित्ता १३० रुपैयाँले वृद्धि भएको कम्पनीको सेयर मूल्य १ हजार ४८० रुपैयाँ पुगेको छ ।
यो कम्पनीसहित किसान लघुवित्त वित्तीय संस्थाको ४.४६ प्रतिशत, आशा लघुवित्तको ३.९० प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको ३.८८, एनआईसी एशिया बैंकको ३.७१, सीईडीबी हाइड्रोपावर ३.४८ , नेरुडे लघुवित्तको ३.२२ प्रतिशतले वृद्धि भएको छ ।
कुनको कति बढ्यो ?
वि.सं.२०७८ असार १४ सोमवार १३:३१ मा प्रकाशित