back
NMB ad

बीमा समितिको निर्देशन मान्दैनन् कम्पनीः कृषि, पर्यटन र जलस्रोत लगायतमा पूर्वाधारमा ३ अर्ब ८२ करोड मात्रै लगानी

Kumari bank ad

काठमाडौं । सञ्चालनमा रहेका जीवन, निर्जीवन तथा पुनर्बीमा कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४ खर्ब ६ अर्ब ८४ करोड १० लाख २८ हजार रुपैयाँ लगानी गरेका छन् । उक्त लगानीमध्ये कृषि, पर्यटन र जलस्रोत लगायतमा पूर्वाधारमा ३ अर्ब ८२ करोड २९ लाख ६१ हजार रुपैयाँ मात्रै रहेको छ ।

कम्पनीहलाई बीमा समितिले जुन जनु क्षेत्रमा जति लगानी गर्नु भनेको थियो त्यो अनुसार लगानी हुन सकेको छैन । बीमा कम्पनीहरुले प्राथमिकता प्राप्त पूर्वाधारमा लगानी गर्नु भन्दा पनि बैंक तथा वित्तीय संस्थाको मुद्दती खातामा राखेर ब्याज खान पल्केका छन् ।

कम्पनीहरुले आफूले गरेको लगानीको २० प्रतिशत कृषि, पर्यटन र जलस्रोत लगायतमा पूर्वाधारमा लगानी गर्न भनेको छ । तर कम्पनीहरुले उक्त प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गर्नु भन्दा पनि अहिले ब्याज खान नै सहज मानेका छन् ।

बीमा समितिका अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा जीवन बीमा कम्पनीले ३ खर्ब ४२ अर्ब ८० करोड २३ लाख ४८ हजार रुपैयाँ लगानी गरेकोमा कृषि, पर्यटन र जलस्रोत लगायतका पूर्वाधारमा जम्मा ३ अर्ब ५९ करोड ४७ लाख ८९ हजार रुपैयाँ लगानी गरेका छन् । सञ्चालमा १९ वटा जीवन बीमा कम्पनी भएपनि यो अवधिसम्म ४ वटा कम्पनीले मात्रै उक्त क्षेत्रमा लगानी गरेका छन्

जसमा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थाले १ अर्ब २७ करोड ७८ लाख रुपैयाँ यो क्षेत्रमा लगानी गरेको छ । यस्तै नेपाल लाइफ इन्स्योरेन्सले १ अर्ब ९६ करोड ८८ लाख ६५ हजार रुपैयाँ लगानी गरेको छ । एशियन लाइफले २५ करोड रुपैयाँ र प्राइम लाइफ इस्योरेन्सले ९ करोड ८१ लाख २४ हजार रुपैयाँ कृषि, पर्यटन र जलस्रोत लगायतका पूर्वाधारमा लगानी गरेको छ ।

यस्तै चालु आर्थक वर्षको तेस्रो त्रैमासमा ६४ अर्ब ३ करोड ८६ लाख ८० हजार रुपैयाँ लगानी गरेका निर्जीबन बीमा तथा पुनर्बीमा कम्पनीले कृषि, पर्यटन र जलस्रोत लगायतका पूर्वाधारमा २२ करोड ८१ लाख ७२ हजार रुपैयाँ मात्रै लगानी गरेका छन् । पुनर्बीमा सहित २१ वटा निर्जीबन बीमा कम्पनीमा ४ वटाले मात्रै लगानी गरेका छन् । जसमा नेको इन्स्योरेन्सले ३ करोड ९५ लाख १० हजार, सगरमाथा इन्स्योरेन्सले ४ करोड ५९ लाख ४६ हजार, प्रभु इन्स्योरेन्सले ४ करोड ६६ लाख ९१ हजार र शिखर इन्स्योरेन्सले ९ करोड ६० लाख २५ हजार रुपैयाँ लगानी गरेको छ ।

बीमा समितिले सरकारको बचतपत्र तथा ऋणपत्रमा न्यूनतम ५ प्रतिशत, वाणिज्य बैंकको मुद्दती निक्षेप र पूर्वाधार बैंकको मुद्दती निक्षेपमा ४० प्रतिशत, घर जग्गामा बढीमा ५ प्रतिशत, ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर र ऋणपत्रमा बढीमा २० प्रतिशत लगानी गर्ने व्यवस्था गरेको छ ।

यस्तै पब्लिक कम्पनीको ऋणपत्रमा बढीमा २० प्रतिशत, कृषि, पर्यटन र जलस्रोतमा बढीमा २० प्रतिशत, म्यूचुअल फण्ड र नागरिक लगानी कोषमा बढीमा ५ प्रतिशत, विकास बैैंक तथा वित्तीय संस्थाको मुद्दतीमा बढीमा २० प्रतिशत ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको मुद्दतिमा बढीमा १० प्रतिशत लगानी गर्न भनेको छ ।

वि.सं.२०७८ असार १४ सोमवार १४:३० मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...