काठमाडौं । जीवन विकास लघुवित्त कम्पनीको आइपीओमा २० लाख ५९ हजार ३५८ जनाले आवेदन दिएका छन् ।
सिडिएससीका अनुसार ३ अर्ब ९ करोड १० लाख ५३ हजार रुपैयाँको ३ करोड ९ लाख १० हजार ५३० कित्ताको लागि आवेदन परेको छ । आइपीओमा यो नै अहिलेसम्मकै सबैभन्दा बढी आवेदन हो । कम्पनीको आइपीओले नयाँ रेकर्ड कायम गरेको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १९ करोड ७७ लाख ३० हजार रुपैयाँको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ निष्काशन गरेको थियो । जसमा ३० हजार ४२० कित्ता संस्थाका कर्मचारी र ९८ हजार ८६५ कित्ता सेयर सामुहिक लगानी कोषका लागि छ्ट्याइएको थियो ।
१८ लाख ४८ हजार १५ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरेको थियो । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरेको थियो ।
वि.सं.२०७८ असार १५ मंगलवार १७:५८ मा प्रकाशित