back
Mega Long Ad

युनियन लाइफले असार २४ गतेदेखि आईपीओ निष्काशन गर्ने, कतिसम्म दिने आवेदन ?

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सले असार २४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले प्रति कित्ता एक सय रुपैयाँको दरले ६४ करोड ५० लाख रुपैयाँको ६४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
६४ लाख ५० हजार कित्तामा ३ लाख २२ हजार ५०० कित्ता कर्मचारी र ३ लाख २२ हजार ५०० कित्ता नै सामूहिक लागनीकोषलाई छुटयाईएको छ । सर्वसाधारणले ५८ लाख ५ हजार कित्तामा मात्रै आवेदन दिन पाउने छन् ।

न्यूनतम १० देखि अधिकतम ३२ हजार २५० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आवेदन छिटोमा असार २८ गतेसम्म दिइसक्नुपर्ने छ । उक्त आवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा साउन ७ गतेसम्म आवेदन दिन सकिने छ ।

लगानीकर्ताले सि–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट पनि आवेदन दिन सकिने छ । कम्पनीको आईपीओलाई इक्रा नेपालले इक्रा एनपी इस्यूअर त्रिपल बी रेटिङ दिएको छ । यसको विक्री प्रवन्धकमा प्रभु क्यापिटल रहेको छ ।

वि.सं.२०७८ असार १६ बुधवार १०:१७ मा प्रकाशित

You can share this post!

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:२१

भक्तपुर । भक्तपुरकी लक्ष्मीमाया माक पूजा गर्न दरबार स्क्वायरस्थित तलेजु...

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:००

गुल्मी । गएराति गुल्मीको रेसुंगा नगरपलिका १० स्थित पाँचरातेमा जिप...

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:४४

काठमाडौं । यो वर्षको लागि आज दशैंको दिन अर्थात् विजया...

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:२२

काठमाडौं । नेपालीको महानचाड बडादशैंको आज महत्वपूर्ण दिन विजया दशमी...

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

वि.सं.२०७८ असोज २८ बिहीवार २०:०६

सुर्खेत । रारा तालको सुन्दरताले लोभ्याएर खोटाङको दिक्तेलकी ८५ वर्षीया...

दक्षिण कोरियाबाट फर्केर माछा पालन

दक्षिण कोरियाबाट फर्केर माछा पालन

वि.सं.२०७८ असोज २८ बिहीवार १९:५५

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीका लक्ष्मण पुनले जीवनको १४...