काठमाडौं । बुधवार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैयाँको गिरावट आएको छ ।
अघिल्लो दिन ९० हजार ६ सय रुपैयाँमा खरिदबिक्री भएको सुन आज घटेर ९० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले तेजावी सुनको मूल्य ८९ हजार ५५० रुपैयाँ निर्धारण गरेको छ ।
यस्तै, बुधवार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । उक्त दिन चाँदी प्रतितोला १० रुपैयाँले घटेको हो । महासंघले आजका लागि चाँदीको भाउ १२ सय ९० रुपैयाँ कायम गरेको छ । अघिल्लो दिन १३ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
वि.सं.२०७८ असार १६ बुधवार १०:५५ मा प्रकाशित