back
NMB ad

सेयर बजारमा एनआरएनएको प्रवेश : अध्ययन सकेर अर्थ मन्त्रालयमा छलफल गर्दै बोर्ड

Kumari bank ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजारमा गैरआवासीय नेपाली (एनआरएनए) लाई भित्र्याउन गरेको अध्ययन सकेर अर्थ मन्त्रालयसँग छलफल गर्ने तयारीमा जुटेको छ ।

बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाका अनुसार सेयर बजारमा गैरआवासीय नेपालीलाई भित्र्याउनका लागि विज्ञले गरेको अध्ययनको प्रतिवेदन तयार भएपछि त्यसको विषयमा अर्थ मन्त्रालयमा छलफलको तयारी भएको छ । विज्ञले गरेको अध्ययनले दिएको सुझावको आधारमा मन्त्रालयमा छलफल हुने अध्यक्ष ढुंगानाको भनाई छ ।

अध्यक्ष ढुंगानाका अनुसार सम्भवत आगामी साता अर्थ मन्त्रालयमा छलफल हुनेछ । त्यसको आधारमा गैर आवासीय नेपालीलाई पुँजी बजारमा भित्र्याउने विषय टुंगोमा पुग्ने छ ।

धितोपत्र बोर्डले विगत लामो समयदेखि आफ्नो नीति तथा कार्यक्रममा सेयर बजारमा गैरआवासीय नेपालीलाई भित्र्याउने बुँदा राख्दै आएको छ । तर अहिलेसम्म कार्यान्वयनमा आएको थिएन । अब भने गैह्र आवासीय नेपालीलाई पुँजी बजारमा भित्र्याउने विषयले पुर्णता पाउने सम्भावना नजिक पुगेको उहाँको भनाई छ । उहाँका अनुसार आगामी आवबाट यो कामले पुर्णता पाउने भएको छ ।

बोर्डले लामो समयदेखि गैरआवासीय नेपालीलाई सेयर बजारमा भित्रयाउने भन्दै आएपनि लगानीको मोडल, लगानीकर्ताले लैजाने प्रतिफल तथा विभिन्न कानूनी जटिलताहरुले पुर्णता पाउन सकेको थिएन ।

बोर्डको अध्ययनले यी सबै अस्पष्टताको न्यूनिकरण गरेको बताइएको छ । लामो समयदेखि लगानीकर्ता तथा जानकारहरुले कानूनी अडचन नफुकाइ गैरआवासीय नेपाली सेयर बजारमा आएर लगानीगर्न सक्ने सम्भावना नरहेको बताइन्छ ।

वि.सं.२०७८ असार १६ बुधवार १७:३३ मा प्रकाशित

You can share this post!

देनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

देनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:४७

काठमाडौं । आज चैत १६ गते शुक्रबार सुनको मूल्यमा वृद्धि...

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...