back
NMB ad

इटाली पठाइदिन्छु भनि करिब १ करोड ठगी गरेको अभियोगमा एक जना पक्राउ

Kumari bank ad

काठमाडौं । इटाली पठाइदिन्छु भनि रकम ठगी गरेको अभियोगमा काठमाडौं बुढानिलकण्ठ बस्ने उदयपुर त्रियुगा नगरपालिका–७ घर भएका ३६ वर्षीय उमेश रेग्मीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

रामेछाप उमाकुण्ड गाउँपालिका–३ बस्ने २३ वर्षीय सौगात सुनुवार लगायत ३ जनालाई वर्किङ भिषामा इटाली पठाइदिने प्रलोभनमा पारी जनही १० लाख ५० हजार रुपैयाँको दरले ३१ लाख ५० हजार रुपैयाँ लिई उनीहरूलाई अजरबैजानसम्म पु¥याएर बिचल्ली बनाई फरार रहेका उमेशलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले ललितपुर टिकाथलीबाट पक्राउ गरेको हो ।

उमेशले विभिन्न व्यक्तिहरूलाई वर्किङ भिषामा यूरोपियन मुलुकमा पठाइदिन्छु भनी प्रलोभनमा पारी करिब १ करोड रुपैयाँ भन्दा बढी रकम ठगी गरेको समेत अनुसन्धानबाट खुल्न आएको छ ।

उनलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

वि.सं.२०७८ असार १६ बुधवार १७:३७ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...