back
Mega Long Ad

विपदबाट जोगिन दीर्घकालीन रुपमा गर्नु पर्ने कामलाई अघि बढाउन उपप्रधानमन्त्री पौडेलको निर्देशन

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले विपदबाट हुन सक्ने सबै खालका क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न निर्देशन दिनु भएको छ । साथै उद्धार, राहत र पुनर्स्थापनालाई उच्च प्राथमिकता दिएर काम गर्न पनि निर्देशन दिनु भएको छ ।

गृह मन्त्रालयमा आज बसेको विपद् सम्बन्धी बैठकमा उपप्रधान तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले देशका विभिन्न ठाउँमा अतिवृष्टिबाट सिर्जत जोखिमलाई विशेष ध्यान दिएर आवश्यक तयारी गर्न निर्देशन दिनु भएको हो ।

उहाँले विपदका कारण जोखिममा परेकालाई तत्काल उद्धार र राहत प्रदान गर्न सरकारले सम्भव भएका सबै प्रयास गर्ने भन्दै प्रभावकारी र नतिजामुखी भएर काम गर्न पनि सम्बद्ध निकायहरुलाई निर्देशन दिनु भयो ।

उपप्रधान तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले राहत र उद्धारका लागि स्रोतको अभाव नहुने जानकारी दिँदै विपद्का घटना भएपछि के गर्ने भन्दा पनि पहिले नै कसरी घटनाहरुलाई न्यूनीकरण गर्न सकिन्छ भन्नेमा केन्द्रित हुन आग्रह गर्नुभयो ।

राहत र उद्धारका लागि अन्तरमन्त्रालय र विभिन्न निकायबीच समन्वय हुनु पर्नेमा जोड दिँदै उहाँले कोही छुट्ने र कोही दोहोरिने स्थिति सिर्जना नहुने वातावारण सिर्जना गर्न पनि आग्रह गर्नु भयो ।

उपप्रधान तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले क्षति न्यूनीकरणका लागि एकीकृत कार्य योजना ल्याउने तयारी भइरहेको जानकारी दिँदै अवरुद्ध भएका सडकलाई सञ्चालनदेखि पुनर्स्थापना र पुनर्निर्माणका लागि समय तालिका बनाएर काम गर्न निर्देशन दिनुभयो ।

उहाँले क्षति भएका ठाउँमा व्यवस्थित पुनर्निर्माणका लागि पनि योजना बनाएर काम गर्न निर्देशन दिनु भयो । उपप्रधान तथा गृहमन्त्रीले तत्काल गर्नु पर्ने तयारीका साथसाथै विपदबाट जोगिन दीर्घकालीन रुपमा गर्नु पर्ने कामलाई अघि बढाउन पनि निर्देशन दिनुभयो ।

गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानले कोषमा पाँच अर्ब भन्दा बढी रकम रहेकाले राहत र उद्धारमा स्रोतको कमी नहुने बताउनुभयो । उहाँले क्षति, उद्धार र राहतमा भएका कार्यहरु, अवरुद्ध सेवा सञ्चालन, प्रभावकारी नतिजाका लागि गर्नु पर्ने कार्यहरु लगायतलाई समावेश गरेर एकीकृत योजना ल्याउने बताउनुभयो ।

बैठकमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बाढी पहिरो लगायतले पुर्याएको क्षति र नोक्सानीको एकिन विवरण र आर्थिक लागत निकाली पुनर्स्थापना र पुनर्निर्माणका कार्यहरु अघि बढाउने तयारी भएको बताउनुभयो ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात, उद्योग, वाणिज्य तथा आपूर्ति, उर्जा, जलस्रोत तथा सिचाईँ, संघीय मामिला तथा सामान्य प्रशासन, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, राष्ट्रिय योजना आयोगका सचिव, सुरक्षा निकायका प्रमुखहरु लगायत सहभागी हुनुहुन्थ्यो ।

वि.सं.२०७८ असार १७ बिहीवार १३:४९ मा प्रकाशित

You can share this post!


ग्लोबल आइएमई बैंकको ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत

ग्लोबल आइएमई बैंकको ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत

वि.सं.२०७८ भदौ ३१ बिहीवार १८:५८

काडमाडौं । ग्लोबल आइएमई बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत...

बिकास हाइड्रोपावरले १३ लाख ८८ हजार कित्ता आइपीओ निष्काशन गर्ने

बिकास हाइड्रोपावरले १३ लाख ८८ हजार कित्ता आइपीओ निष्काशन गर्ने

वि.सं.२०७८ भदौ ३१ बिहीवार १८:४७

काठमाडौं । बिकास हाइड्रोपावरको सेयर निष्काशनका लागि प्रभु क्यापिटल निष्काशन...

लक्षित समुदायलाई सहुयितपुर्ण कर्जा प्रदानका लागि ग्लोबल आइएमई बैंक र निड्सबीच सम्झौता

लक्षित समुदायलाई सहुयितपुर्ण कर्जा प्रदानका लागि ग्लोबल आइएमई बैंक र निड्सबीच सम्झौता

वि.सं.२०७८ भदौ ३१ बिहीवार १८:३६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल विकास अध्ययन...

‘एमएसएमई, स्टार्ट अपलाई परियोजनाको मूल्याङकनको ६० % कर्जा उपलब्ध गराउन सकिन्छ’

‘एमएसएमई, स्टार्ट अपलाई परियोजनाको मूल्याङकनको ६० % कर्जा उपलब्ध गराउन सकिन्छ’

वि.सं.२०७८ भदौ ३१ बिहीवार १८:२४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले धेरै पहिलेदेखि परियोजनामा आधारित...

लाभांश वितरण र हकप्रद सेयर जारी गर्न अरुण भ्यालीले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

लाभांश वितरण र हकप्रद सेयर जारी गर्न अरुण भ्यालीले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

वि.सं.२०७८ भदौ ३१ बिहीवार १८:२०

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले वार्षिक साधारणसभाका लागि...

काठमाडौं किङ्गस् इलाभेनका मुख्य प्रायोजकको रुपमा शिवम् सिमेन्ट

काठमाडौं किङ्गस् इलाभेनका मुख्य प्रायोजकको रुपमा शिवम् सिमेन्ट

वि.सं.२०७८ भदौ ३१ बिहीवार १८:०६

काठमाडौं । बजाज पल्सर एभरेष्ट प्रिमियर लिग क्रिकेट अन्तर्गत काठमाडौं...