back
NMB ad

पूर्वमन्त्री ढकालद्वारा धादिङका चेपाङ समुदाय तथा विपन्न परिवारलाई खाद्यन्न वितरण

Kumari bank ad

धादिङ । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले कोभिडका कारण समस्यामा परेका धादिङका ३५ परिवारलाई खाधान्य सहयोग गर्नुभएको छ ।

बिहिबार धादिङको बेनीघाट रोराङ गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रममा ढकालले एक महिना पुग्ने खाधान्य गाउँपालिकाका उपाध्यक्ष देबि प्रसाद सिलवाललाई हस्तान्तरण गर्नुभएको हो ।

आफ्नो जन्मोत्सवका अवसर पारेर धादिङ जिल्लाका चेपाङ तथा विपन्न परिवारलाई खाद्यान्न दिने गरी सरकारले अप्नाएको एकद्धार प्रणाली अन्तर्गत नै गाउँपालिकालाई सहयोग उपलब्ध गराएको अध्यक्ष ढकालले बताउनुभयो ।

सञ्चार माध्यमबाट चेपाङ समुदायका खाधान्य समस्या रहेको जानकारी पाएपछि एक नेपालीलाई अप्ठयारो पर्दा अर्को नेपालीले सहयोग गनुपर्ने मान्यताका उक्त खाद्यन्न सामग्री प्रदान गरेको उहाँले बताउनुभयो ।

अध्यक्ष ढकालले आफु सम्बद्ध संस्थाबाट गाउँपालिकासँग अन्तर सम्बन्धीत भई नेतृत्व बिकास लगायतका राष्ट्रिय तथा अन्तराष्ट्रिय कार्यक्रमहरुमा सहभागिताको लागि सहकार्य गर्ने पनि जानकारी गराउनुभयो ।

सोही अवसरमा बेनीघाट रोराङ गाउँपालिकाका उपाध्यक्ष देबीप्रसाद सिलवालले जन्मोत्सवमा गरिने खर्च कटौती गरि विपन्न चेपाङ परिवारका खाधान्य सहयोग सवैका लागि अनुकरणीय हुने बताउनुभयो ।

वि.सं.२०७८ असार १८ शुक्रवार १४:०१ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...