back

आज सांग्रिला बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन, ३ लाख कित्तासम्म भर्न सकिने

काठमाडौं । आज सांग्रिला डेभलपमेण्ट बैंकको ऋणपत्र खरिदका लागि आवेदन दिने दिन रहेको छ । बैंकले असार ६ गतेदेखि प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरको ७५ करोड बराबरको ऋणपत्र बिक्रीमा ल्याएको हो ।

सार्वजनिक निष्काशनमा आएको कुल कित्तामध्ये ३ लाख कित्ता सामूहिक लगानी कोषसहित सर्वसाधरणका लागि र ४ लाख ५० हजार कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघ/संस्थाहरुलाई बिक्री गर्ने बैंक जनाएको छ ।

१० वर्षे अवधि तथा वार्षिक ९ प्रतिशत ब्याजदर भएको सांग्रिला डेभलपमेण्ट बैंक डिबेञ्चर २०८७ नामका उक्त ऋणपत्रमा आज बैंकिङ कारोबार समयसम्म आवेदन दिन सकिने छ ।

उक्त ऋणपत्र खरिदका लागि न्युनतम २५ देखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । ऋणपत्र बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ ।

वि.सं.२०७८ असार २० आइतवार १०:३९ मा प्रकाशित

You can share this post!

पहिलो दिन कति पर्यो त धौलागिरी लघुवित्तको आईपीओमा आवेदन ?

पहिलो दिन कति पर्यो त धौलागिरी लघुवित्तको आईपीओमा आवेदन ?

वि.सं.२०७९ साउन २४ मंगलवार १७:३७

काठमाडौं । बिक्री खुला भएको पहिलो दिनमै धौलागिरी लघुवित्त वित्तीय...

थप २ करोड २३ लाख ९९ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत !

थप २ करोड २३ लाख ९९ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत !

वि.सं.२०७९ साउन २४ मंगलवार १६:४९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन एभरेष्ट इन्स्योरेन्सको...

नेप्सेमा एक कम्पनीको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति तोक्यो ?

नेप्सेमा एक कम्पनीको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति तोक्यो ?

वि.सं.२०७९ साउन २४ मंगलवार १६:३९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नागरिक लगानी कोषको सेयर...

ग्लोबल आइएमई बैंक र धनगढीको माया मेट्रो अस्पताल बीच सम्झौता

ग्लोबल आइएमई बैंक र धनगढीको माया मेट्रो अस्पताल बीच सम्झौता

वि.सं.२०७९ साउन २४ मंगलवार १६:३१

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र धनगढीमा रहेको माया...

के भयो आज जीवन विकास र महिला लघुवित्तको सेयर ?

के भयो आज जीवन विकास र महिला लघुवित्तको सेयर ?

वि.सं.२०७९ साउन २४ मंगलवार १५:४५

काठमाडौं । साताको दोस्रो कारोबार दिन जीवन विकास लघुवित्त र...

फोनिजद्वारा चार पत्रकार पुरस्कृत र एक संचार संस्था सम्मानित हुँदै

फोनिजद्वारा चार पत्रकार पुरस्कृत र एक संचार संस्था सम्मानित हुँदै

वि.सं.२०७९ साउन २४ मंगलवार १५:३८

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ (फोनिज)ले हरेक वर्ष प्रदान...