काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको मूल्य वृद्धि भएको छ । आइतबार नेपाली बजारमा छापावाला सुनको मूल्य बढेको हो ।
अघिल्लो कारोबार दिन अर्थात शुक्रबार तोलामा ९१ हजार ३ सय रुपैयाँमा खरिदबिक्री भएको सुन आज भने २ सय रुपैयाँले बढेर ९१ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघले शुक्रबार ९० हजार ८ सय रुपैयाँमा तोकेको तेजावी सुनको भाउ आजका लागि भने ९१ हजार रुपैयाँ निर्धारण गरेको छ ।
यस्तै, आइतबार चाँदीको मूल्य पनि वृद्धि भएको छ । उक्त दिन चाँदी तोलामा १५ रुपैयाँले बढेर १३ सय २५ पुगेको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन १३ सय १० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
वि.सं.२०७८ असार २० आइतवार १०:५० मा प्रकाशित