back
NMB ad

नेशनल हाइड्रो पावरको स्थगित साधारणसभा असार ३१ गते हुने, के-के छन् प्रस्तावहरु ?

Kumari bank ad

काठमाडौं । यसअघि स्थगित भएको नेशनल हाइड्रो पावर कम्पनीले साधारणसभाका लागि मिति तय गरेको छ । कम्पनीले असार ३१ गते भर्चुअल माध्यमबाट सभा गर्ने भएको हो ।

कम्पनीको गत फागुन २३ गते बसेको संचालक समितिको बैठकले गत चैत २७ गते डेलिश ओपेरा रेष्ट्रो एण्ड बैंक्वेटमा सभा गर्ने भनेको थियो ।

उक्त दिन सभा गर्नका लागि उपस्थित भएकोमा सभा संचालनका लागि सेयरधनीहरुको गणपुरक संख्या नपुगेकाले सभा स्थगित भएको थियो ।

सभामा अन्य हाइड्रो कम्पनीलाई मर्जर तथा प्राप्ति मा लिने सम्वन्धी आवश्यक निर्णय संचालक समितिलाई दिने विशेष प्रस्ताव रहेको छ ।

लोअर यर्खुवा हाइड्रोपावर कम्पनीले आयोजना निर्माण गर्न लिएको ऋणमा कर्पोरेट ग्यारेन्टी सम्वन्धमा गत फागुन २ गते संचालक समितिको बैठकले गरेको निर्णय अनुमोदन र कम्पनीको नियमावलीको नियम १८ को उपनियम (६) लाई संशोधन गर्ने विशेष प्रस्ताव रहेको छ ।

यस्तै, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्त तथा निजको पारिश्रमिक निर्धारण गर्ने छ । सभा प्रयोजनका लागि कम्पनीले गत चैत १३ गतेदेखि २७ गतेसम्म बुक् क्लोज गरेको थियो ।

वि.सं.२०७८ असार २० आइतवार १६:३४ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...