back
NMB ad

कर्जाको ब्याजदर एकल अंकमा राख्नु, व्यवसायीलाई ८० % सम्म पुर्नकर्जा चाहियोः महासंघ

Kumari bank ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कर्जाको ब्याजदर एकल अंकमा राख्ने प्रयत्न गर्न राष्ट्र बैंकलाई सुझाव दिएको छ ।

महासंघले आगामी मौद्रिक नीतिको लागि सुझाव दिने क्रममा ब्याजदर एकल अंकमा राख्ने प्रयत्न गर्न राष्ट्र बैंकलाई भनेको हो । राष्ट्र बैंकले उपलब्ध उपकरणको प्रयोग गरी कर्जाको ब्याजदर एकल अंकमा राख्न भनेको छ ।

सुझावमा यसपटक तरलतामा चाप पर्ने देखिएकाले मौद्रिक नीतिको मुख्य उद्देश्य तरलता व्यवस्थापनमा केन्द्रित हुनुपर्ने रहेको छ । कोभिड १९ को पहिलो प्रभावपश्चात् ल्याइएको पुनरकर्जा सुविधालाई आगामी आव २०७८÷७९ मा पनि निरन्तरता दिन सुझाव दिएको छ ।

अति प्रभावित व्यवसायमा जाने पुर्नकर्जा सुविधामा तोकिएको २० करोडको सिमा बढाउनुपर्ने उल्लेख छ । अति प्रभावित भित्र पनि आगमी ३ बर्षसम्म पनि व्यवसाय सुधार हुने सम्भावना नरहेका व्यवसायलाई कुल कर्जाको ८० प्रतिशतसम्म पुर्नकर्जा सुविधा दिइनुपर्ने सुझाव रहेको छ ।

सुझावमा गत बर्षको मौद्रिक नीतिमा सेवा शुल्कबारे गरिएको व्यवस्था कार्यान्वयन हुनुपर्ने निषेधाज्ञाको कारणले म्याद समाप्त भएका प्रतितपत्रको अतिरिक्त शुल्क नलाग्ने गरी म्याद थप गर्नुपर्ने रहेको छ ।

सुझावमा कोभिड १९ बाट अति प्रभावितको सूचिमा गत वर्षको निर्देशनमा छुटेका केहि व्यवसायलाई समावेश गर्नुपर्ने, कोभिड १९ प्रभावित उद्योग व्यवसायको अवस्था हेरी कर्जाको साविकको भुक्तानी म्यादलाई ३ देखि ५ वर्ष सम्म बृद्धि गर्नु पर्ने, व्यवसायको प्रकृति र अवस्था हेरि टिआर, ओभरड्राफ्ट, लगायतका अल्पकालीन कर्जाको पुर्नसंरचना र पुर्नतालिकीकरण गर्नुपर्ने सुझाव रहेको छ ।

वि.सं.२०७८ असार २० आइतवार १७:०८ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...