काठमाडौं । सोमबार सुनको मूल्य स्थिर रहेको छ । आज नेपाली बजारमा छापावाला सुनको मूल्य ९१ हजार ५ सय रुपैयाँ नै कायम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिन अर्थात आइतबार पनि सोही मूल्य निर्धारण गरि कारोबार भएको थियो । आज तेजावी सुनको भाउ तोलाको ९१ हजार रुपैयाँ कायम भएको छ ।
यस्तै, साताको दोस्रो कारोबार दिन चाँदीको मूल्य पनि स्थिर रहेको छ । अघिल्लो दिन १३ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्य कायम भएको महासंघले जनाएको छ ।
वि.सं.२०७८ असार २१ सोमवार १२:१६ मा प्रकाशित