back
NMB ad

कारोबार रकमसँगै सेयर बजारमा दोहोरो अंकको गिरावट, के पर्खदैछन् लगानीकर्ता ?

Kumari bank ad

काठमाडौं । सेयर बजारका दोहोरो अंकको गिरावट देखिएको छ । आर्थिक वर्ष सकिन लागेको र मौद्रिक नीति निर्माणको क्रममा रहेकोले गर्दा लगानीकर्ता पर्ख र हेरको अवस्थामा हुँदा बजारमा गिरावट आउनुका साथै कारोबार रकम पनि निकै घटेको छ ।

सरकारले पनि असार २५ गतेसम्म कर तिर्नु भनेर समय नै तोकेको छ । त्यसले गर्दा पनि बजारको कारोबार रकमको लागि दबाब परेको छ । अहिले कोरोनाका कारण अर्थतन्त्रमा असर परेको र यही बेला सरकारले कर तिर्नको लागि समय नै निर्धारण गरेपछि त्यसको असर बजारमा देखिएको जानकारको भनाई छ ।

यस्तै नेपाल राष्ट्र बैंकले आगामी आवको लागि मौद्रिक नीति निर्माण गरिरहेको र त्यसमा बजारलाई च्याप्ने केही नीति ल्याउन लागेको भन्ने चर्चाका कारण पनि बजार प्रभाव देखिएको जानकारहरुको भनाई छ । यति बेला लगानीकर्ता असार मसान्तको चपेटा र मौद्रिक नीतिमा पर्ख र हेराइमा रहेका छन ।

सोमबार बजार मापन गर्ने सूचक ११.७८ अंकले घटेर परिसूचक २८२२.७४ बिन्दुमा रोकिएको छ । २२४ कम्पनीको १ करोड ६३ हजार ६३६ कित्ता सेयर ४ अर्ब ५८ करोड २२ लाख १२ हजार ५७९ रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ । बैंकिङ समूहको ७.०२, विकास बैंक १०२.४२, जलविद्युत ५३.६९, वित्त कम्पनी ५७.०६, माइक्रोफाइनान्स ३४.१८, जीवन बीमा समूहको उपसूचक १३६.२२ अंकले घटेको छ ।

वि.सं.२०७८ असार २१ सोमवार १५:१५ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...