back
NMB ad

युरोकपमा सट्टाबाजी गर्ने तीन भारतीयसहित ८ जना पक्राउ

Kumari bank ad

काठमाडौं । हाल संचालन भइरहेको युरोकप–२०२० लगायतका खेलहरुमा सट्टाबाजी गरेको अभियोगमा नगद र सट्टेबाजीमा प्रयोग भएको मोबाइल सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं सुकेधारा बस्ने ५७ वर्षीय राजेन्द्र श्रेष्ठ प्रधान, काठमाडौं ढोकाटोल बस्ने ४७ वर्षीय जिवन लामा, काठमाडौं कुलेश्वर बस्ने पर्सा वीरगंज महानगरपालिका–७ घर भएका ४६ वर्षीय सुरज टिवडेवाल, भारत बिहार पूर्बिचम्पारण रक्सौल घर भएका ४६ वर्षीय अशोक कुमार गुप्ता, काठमाडौं धापासी बस्ने चितवन खैरहनी नगरपालिका–५ टरौली घर भएका ४५ वर्षीय गोबिन्द प्रसाद आचार्य, काठमाडौं इन्द्रचोक बस्ने भारत हरियाना विवरनी घर भएका ४९ वर्षीय राजेश कुमार अग्रवाल, काठमाडौं क्षेत्रपाटी बस्ने भारत राजस्थान झुनझुन सुरजगढ घर भएका ३३ वर्षीय सुचित डालमिया अग्रवाल र काठमाडौं मरुटोल बस्ने मोरङ बिराटनगर नगरपालिका–७ घर भएका ४६ वर्षीय अमरनाथ गुप्ता रहेका छन् ।

युरोकप–२०२० र कोपा अमेरिका कप फुटबल खेलमा अनलाइन मार्फत् ठूलो रकमको बाजी राख्न लगाई काठमाडौंका विभिन्न स्थानमा सट्टाबाजी गराई खेल खेलाउने गरेको भन्ने सूचनाको आधारमा प्रहरीले काठमाडौंको इन्द्र चोक, मरुटोल, न्यूरोड, क्षेत्रपाटी, गौरीघाट लगायतका बिभिन्न स्थानबाट अनलाईन बेटिङ गरी नगदी कारोबार समेत गरिरहेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । बिभिन्न स्थानबाट सट्टेबाजीमा प्रयोग भएको रकम आइएमईबाट पठाइने र लिने गरी कारोबार गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

वि.सं.२०७८ असार २१ सोमवार १७:४१ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...