back
NMB ad

प्रधानमन्त्रीद्वारा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको उद्घाटन, आर्थिक वृद्धिका १ % योगदान हुन्छः उपप्रम पौडेल

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युुत् आयोजनाको उद्घाटन गर्नुभएको छ ।

आयोजनाको उदघाटनसँगै ४५६ मेगावाट मध्ये ७६ मेगावाट विद्युत राष्ट्रिय प्रसारणमा जोडिएको छ । तामाकोशीमा ७६–७६ मेगावाटका ६ वटा युनिट रहेका छन् । भदौ महिनाभित्रै सबै युनिटबाट पूर्ण क्षमतामा बिजुली उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

आयोजना निर्माणको करिब ११ वर्षपछि पहिलो युनिटबाट विद्युत् उत्पादन सुरु भएको हो । सुरुमा ३५ अर्ब रुपैयाँ लागत अनुमान गरेको भएतापनि अहिलेसम्म ब्याजसहित ८४ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ ।

आयोजनाको उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले आयोजना निर्माणमा ढिला हुँदा निर्माणका लागि अनुमान गरेको लागत जति नै बढी खर्च भएको बताउनुभयो ।

५ वर्ष अघि विद्युत उत्पादन भएको भए जति विद्युत उत्पादन, खपत हुने थियो त्यो हुन नसकेको बताउनुभयो । उहाँका अनुसार आयोजनाले नदेखिने गरी धेरै नै नोक्सान भएको र त्यसले नदेखिने गरी निकै घाटा भएको बताउनु भयो । आयोजनाको विलम्बले प्रत्यक्ष र परोक्ष रुपमा असाधारण क्षती पुगेको स्मरण गराउनुभयो ।

आयोजनाको उद्घाटनका क्रममा प्रम ओलीले उपप्रधान तथा उर्जा मन्त्री बिष्णु प्रसाद पौडेलले यो आयोजना सञ्चालनमा आएपछि आर्थिक वृद्धिमा करिब एक प्रतिशत योगदान दिने बताउनुभयो ।

वि.सं.२०७८ असार २१ सोमवार १८:३६ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...