back
NMB ad

उत्कृष्ट १२ का साथमा ओपोद्वारा प्रायोजित ‘दि भ्वाइस अफ नेपाल’ लाइभ राउण्डमा प्रवेश

Kumari bank ad

काठमाडौं । ‘ओपो प्रेजेन्ट्स दि भ्वाइस अफ नेपाल’को तेस्रो संस्करण वर्तमान समयमा देशकै सर्वाधिक लोकप्रिय टेलिभिजन कार्यक्रमका रुपमा रहेको छ ।

अन्तरराष्ट्रिय रियालिटी शो ‘दि भ्वाइस’को फ्रान्चाइजका रुपमा भ्यिाइएको उक्त कार्यक्रमको नेपाल संस्करणलाई वैश्विक स्तरमै अग्रणी स्मार्ट उपकरण ब्राण्ड ओपोले प्रमुख प्रायोजन गरेको छ ।

उत्कृष्ट गायनकला भएरपनि अवसरको अभावमा मुलधारमा आउन नसकिरहेका नेपाली प्रतिभालाई सुनौलो अवसर प्रदान गर्ने सोचका साथ ओपोले प्रायोजनका लागि भ्वाईस अफ नेपालको मञ्च छनोट गरेको कम्पनीका मार्केटिङ्ग हेड पियरसन शेनले बताउनुभयो ।

हाल कार्यक्रम उत्कृष्ट बाह्रको चरणमा पुगिसकेको छ । दि भ्वाइस अफ नेपालको मञ्चबाट देशले गायन क्षेत्रका लागि नयाँ नयाँ उदयिमान प्रतिभाहरु पनि पाइरहेको छ ।

प्रतिस्पर्धामा कायम रहेका र बाहिरिसकेका कलाकारहरुको समेत लोकप्रियता नियाल्दा प्रायोजनका पछाडी रहेको ओपोको लक्ष्य पुरा भएको शेनले बताउनुभयो । कार्यक्रमले यसमा सहभागी प्रतिस्पर्धीलाई जनताको स्टारका रुपमा स्थापित गराइसकेको छ ।

विदेशमा पनि उत्तिकै लोकप्रिय

‘रियालिटी शो’को ढाँचामा सञ्चालित दि भ्वाइस अफ नेपालमा अब सुरुहुने लाईभ राउण्डदेखि दर्शकको भोटिङले विशेष महत्व राख्छ ।

पछिल्ला संस्करणका अनुभव अनुसार हरेक हप्ता प्रतिस्पर्धीहरुलाई अगाडी बढाउन दर्शकद्वारा असंख्य भोट प्राप्त हुने आयोजकले जानकारी दिएका छन् ।

प्रतिस्पर्धीहरुलाई नेपालका साथै विदेशबाट समेत उत्तिकै भोट प्राप्त हुने गरेको छ । यसबाट तिनको लोकप्रियता नेपालका साथै, विदेशमा समेत ब्यापक रहेको पुष्टि हुन्छ ।

यही कारण प्रतिस्पर्धाबाट बाहिरिएका तथा प्रतिस्पर्धामा अगाडी बढी रहेका कलाकारलाई विदेशमा कार्यक्रमका लागि समेत प्रशस्त प्रस्ताव आइरहेका छन् । बाहिरिएका प्रतिस्पर्धीहरुले अहिले प्राप्त लोकप्रियताको उपयोग गर्दै आफ्नै तथा लोकप्रिय गीतका कभर

भर्जनपनि प्रस्तुत गरिरहेका छन् । सामाजिक सञ्जाल लगायतमा तिनलाई प्राप्त ब्यापक लोकप्रियता र सराहनाले तिनको स्टारडमको पुष्टि हुन्छ ।

हरेक हप्ता ट्रेण्डिङ्

नेपालमा अहिले ओपो प्रेजेन्ट्स दि भ्वाइस अफ नेपालको तेस्रो संस्करणले अत्यधिक चर्चा तथा लोकप्रियता पाइरहेको छ ।

र्यक्रमको बढ्दो क्रेज र यू–ट्युब, फेसबुक, टिकटक लगायत, सामाजिक सञ्जालमा यसको ब्यापक चर्चाले कार्यक्रमको सफलताको प्रमाण दिन्छ ।

जनजिब्रोमा समेत यसको ब्यापक चर्चाले कार्यक्रमका विजेता तथा सहभागीले उल्लेख्य सफलता पाउने सहजै अनुमान गर्न सकिन्छ । ‘नेपालमा हाम्रो यस प्रायोजनले नयाँ प्रतिभा जन्माउन उल्लेख्य सहयोग गर्नेमा हामी निकै आशावादी छौँ ’, मार्केटिङ्ग हेड शेनले भन्नुभयो ।

भ्वाइसको नेपाली संस्करण ओपो प्रेजेन्ट्स दि भ्वाइस अफ नेपालको तेस्रो संस्करण हिमालया टेलिभिजन एचडीबाट हरेक हप्ता शुक्रवार र शनिवार राती ८ बजे प्रशारित भइरहेको छ ।

वि.सं.२०७८ असार २२ मंगलवार १२:०७ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...