काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । मंगबार कम्पनीको सेयर मूल्य ८.३१ प्रतिशतले वृद्धि भएको हो ।
उक्त दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार ६९२ रुपैयाँले बढेको हो । कम्पनीको सेयर मूल्य २२ हजार ५२ रुपैयाँ पुगेको छ ।
साताको तेस्रो कारोबार दिन कम्पनीको ४ करोड ३९ लाख ४२ हजार रुपैयाँको खरिदबिक्री भएको छ । उक्त दिन कम्पनीको २ हजार ६९ कित्ता सेयर खरिदबिक्री भएको हो ।
वि.सं.२०७८ असार २२ मंगलवार १४:५६ मा प्रकाशित