back
NMB ad

पुर्व-पश्चिम रेल र निर्माणाधीन सुनकोशी मरिन डाइभर्सनले समृद्धिका आयाम थप गर्छ : प्रधानमन्त्री ओली

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले थुपै ऐतिहासिक महत्व बोकेको सप्तरी अब उप्रान्त पछाडी परेको जिल्लाका रुपमा नरहने बताउनुभएको छ ।

सप्तरीको राजविराजमा बन्न लागेको रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको मंगलबार भुर्चअल शिलान्यास पछि कार्र्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले प्रतिष्ठान सप्तरीमा आजसम्म बनेका विकास परियोजना मध्ये सर्वाधिक ठूलो परियोजना बन्न जाने बताउनुभयो ।

प्रधानमन्त्री ओली प्रतिष्ठानको स्थापना सँगै जिल्लामा स्तरीय चिकित्सा शिक्षाको अवसरका साथै अन्य आर्थिक गतिविधि तिव्र हुने धारणा व्यक्त गर्नुभएको थियो ।

आफू पहिलो पटक प्रधानमन्त्री हुँदा हुलाकी राजमार्गको कुरा अघि बढाएको र निकट भविष्यमा सञ्चालन हुने पुर्वपश्चिम रेल र निर्माणाधीन सुनकोशी मरिन डाइभर्सनले सप्तरीमा समृद्धिका आयाम थप गर्ने भनाई प्रधानमन्त्रीको थियो ।

प्रदेश २ को राजनीतिक समीकरणतर्फ संकेत गर्दै प्रधानमन्त्रीले राजनीतिक विचार आआफ्ना हुने भए पनि एक अर्का प्रति सहिष्णुहुँदै जनताका साझा समस्याको मिलेर समाधान गर्नुपर्ने पनि बताउनुभयो । सप्तरीको पश्चिमी क्षेत्रमा सुनकोसी मारिन डाइभर्सनले सिंचाइको सुविधा पुर्याउने पनि प्रधानमन्त्रीले उल्लेख गर्नुभयो ।

सप्तरीका जनतालाई कुनै पनि किसिमको साम्प्रदायिक वा क्षेत्रीय भावना लिएर बेमेलको भाव नराख्न आग्रह गर्नुभयो । हामी विचमा रहेका विविधता सम्पत्ती भएकोले त्यसलाई मनमुटाव वा द्वन्द्वको विषय नबनाउन पनि उहाँले आग्रह गर्नुभयो ।

सबै थरी जनता मिलेर नै देशको विकास गर्नु प्रमुख कर्तब्य भएको बताउँदै उहाँले भन्नुभयो, “अब देशभित्र रोजगारीका अवसरहरु सृजना गर्दै छोराछोरीलाई विदेश पठाउने काम रोक्नु पर्छु“ ।

सप्तरीको राजविराजमा बन्न लागेको प्रतिष्ठानबाट सप्तरी सहित तराईका १० जिल्ला र सीमावर्ती भारतीय क्षेत्रका जनताले समेत स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ ।

वि.सं.२०७८ असार २२ मंगलवार १७:१० मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...