काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई लघुवित्त कम्पीको बोनस सेयर सूचीकृत भएको छ ।
नेप्सेमा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र महिला सहयात्रा लघवित्त वित्तीय संस्थाको ६ लाख ८७ हजार ५९५ कित्ता बानेस सेयर सूचीकृत भएको छ ।
जसमध्ये नेशनल माइक्रोफाइनान्स लघुवित्तको ५ लाख ५४ हजार ४९५.०२५ कित्ता र महिला सहयात्रा लघुवित्त १ लाख ३३ हजार १ सय कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
नेशनल माइक्रोफाइनान्स लघुवित्तले २१ प्रतिशत र महिला सहयात्राले १० प्रतिशत बोनस वापतको उक्त सेयर नेप्सेमा सूचीकृत गराएको हो ।
वि.सं.२०७८ असार २३ बुधवार १४:५१ मा प्रकाशित