back
NMB ad

जीवन बीमालेख सम्बन्धी निर्देशिका जारी, धितोमा ऋण दिँदा बैंकले तोकेको भन्दा बढी ब्याज लिन नपाउने

Kumari bank ad

काठमाडौं । बीमा समितिले जीवन बीमालेख सम्बन्धी निर्देशिका-२०७८ जारी गरेको छ । उक्त निर्देशिकामा बीमकले बीमालेख तयार पार्दा ध्यान दिनुपर्ने कुरा समावेश गरिएको छ ।

जसमा बजार अनुसन्धान प्रतिवेदन, लागत-लाभ विश्लेषण, जोमिमको पहिचान, बीमालेख बजारीकरणको योजना उल्लेख रहेको छ । निर्देशिकामा बीमालेख तयार गर्दा न्यूनतम ५ वर्ष अवधि र म्यादी जीवन बीमाको हकमा न्यूनतम बीमा अवधि एक वर्ष कायम गर्न सकिने उल्लेख छ ।

निर्देशिकामा बीमले बीमालेख अन्तर्गन पुरा तीन वर्षको बीमाशुल्क प्राप्त भई बीमा प्रारम्भ मितिबाट ३ वर्ष पुरा भएपछि तथा एकल बीमाशुल्क भुक्तानी गर्ने बीमालेखको हकमा समेत बीमा प्रारम्भ मितिबाट ३ वर्ष पुरा भएपछि बीमालेख समर्पण गर्न तथा बीमालेख धितो राखी ऋण प्रदान गर्न सकिने उल्लेख छ ।

बीमालेख जारी भएको ३ वर्ष पुरा भएपछि बीमाशुल्कको ८० प्रतिशत र आजित बोनस, बीमा लेख जारी भएको ४ वर्ष पुार भएपछि बीमा शुल्कको ५० प्रतिश र बोनस, ५ वर्ष पुार भएपछि ९० प्रतिशत र बोनस तथा ऋणको रकम बढीमा समर्पण मूल्यको ९० प्रतिशत र घटीमा १ हजार सम्म काम गर्नुपर्ने छ ।

बीमकले बीमालेख कर्जा दिँदा लिने ब्याज वाणिज्य बैंकले तोकेको ब्याजदर भन्दा बढी हुन नहुने निर्देशिकामा उल्लेख छ ।
यस्तै बीमकले बीमालेख स्वीकृत भएको बढीमा ६ महिन भित्र प्रचलनमा ल्याई सक्नुपर्ने छ । ६ महिनामा प्रचलनमा नल्याए स्वत रद्द हुने छ ।

बीमकले बीमालेखको विज्ञापन गर्दा समितिबाट स्वीकृत शर्त बन्देज लगायतका व्यवस्था प्रतिकूल हुनेगरी र दोहोरो अर्थ नलाग्ने वा अस्पष्ट शब्दावली प्रयोग गरी विज्ञापन गर्न भने पाइने छैन । बीमकले भ्रममा पारी बीमालेख बिक्री गर्न नपाउने भएका छन् ।

जीवन बीमालेख सम्बन्धी निर्देशिकाको पूर्णपाठ हेर्नका लागि यहाँ क्लिक गर्नुहोस ।

वि.सं.२०७८ असार २३ बुधवार १८:२१ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...