काठमाडौं । नेपालकै पहिलो खुलामुखी योजाना एनआइबिएल सहभागिता फण्डले संचालनको तेस्रो वर्षमा प्रवेश गरेको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड कोष प्रबद्र्धक र एनआईबिएल एस क्याप्टिल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत संचालित यस योजनाले नेपालकोे पूँजीबजारमा खुलामुखी योजानाको परिचय दिन सफल भएको छ ।
उक्त योजानाले संचालनको पहिलो आर्थिक वर्ष २०७६/२०७७ मा नै इकाईधनीहरुको लागि ८.२५ प्रतिशत नगद लाभांश समेत दिएको थियो ।
१० रुपैयाँ अंकित मूल्य रहेको उक्त योजानाको असार २२ गतेको दिनको तथ्याङ्क अनुसार प्रतिइकाई खुदमूल्य १७.२१ रुपैयाँ पुगेको छ । भने योजानाको आकार ३१.४२ करोड रुपैयाँ पुगेको छ ।
योजना व्यवस्थापक,एनआईबिएल एस क्याप्टिल लिमिटेडले एनआइबिएल सहभागिता फण्डको दोस्रो वार्षिकोत्सवको उपल्क्षयमा लगानीकर्ताहरुलाई आफ्नो लगानीलाई तत्काल दुई गुणा सम्मबृद्धि गराउने योजानागत आइतबार असार २० गतेदेखि आज बिहीबार असार २४ गते सम्मको लागि ल्याएको थियो ।
उक्त योजनामा हालसम्म सहभागिन हुनु भएका लगानीकर्ताहरुलाई आज योजानाको अन्तिमदिन अपह्रान्न ३ बजे सम्ममा सहभागिहुन समेत एनआईबिएल एस क्याप्टिल लिमिटेडलले अनुरोध गरेको छ ।
योजनाको नतिजा साउन १५ गते गोलाप्रथाद्वारा मार्फत गरिनेछ र योग्य सहभागिहरुबाट २० जना विजेता घोषणा गरिनेछ र पूर्व निर्धारित नियम र सर्तहरु अनुसार पुरस्कार वितरण गरिने बताइएको छ ।
वि.सं.२०७८ असार २४ बिहीवार ११:२८ मा प्रकाशित