back
NMB ad

एक्जीम कोडको नविकरण ५ बर्षको लागि होस्, भारतबाट उच्च गुणस्तरका लुव्रिकेण्ट मात्रै आयात गरौं : नाडा

Kumari bank ad

काठमाडौं । नाडा अटोमाबाइल एसोसिएसन अफ नेपालले एक्जीम कोडको नविकरण पाँच बर्षका लागि हुने व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

अहिले व्यापारिक फर्म कम्पनीहरुलाई उक्त सुविधा दिनु पर्ने तथा नयाँ एक्जीम कोड लिदा बैंक ग्यारेण्टी राख्नु पर्ने भए पनि पुराना फर्महरुले बैंक ग्यारेण्टी राख्नु नपर्ने व्यवस्था गर्न अनुरोध गरेको छ ।

कोभिड-१९को कारण समस्यामा परिरहका व्यवसायीहरुको सहजीकरण गर्ने सम्बन्धमा विभागमा भएको छलफलमा नाडाले बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेललाई यस्तो आग्रह गरेका हुन् ।

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले नाडाले फेयर ट्रेड विश्वास गर्दे आएको जानकारी गराउँदै सवारी साधनको आयातको सन्दर्भमा देखिएका विभिन्न समस्याका बारेमा जानकारी गराउनुभयो ।

छलफलमा नाडाका उपाध्यक्ष तथा सवारी साधन समितिका सभापति करण चौधरीले एजेन्सी दर्ताका सम्बन्धमा देखा परेका समस्याहरु बारे अवगत गराउनु भयो ।

नाडाका महासचिव सुनिल रिजालले स्पेयर पार्टसहरुको आयातको सम्बन्धमा देखा परेका विभिन्न समस्याका बारेमा पनि जानकारी गराउनुभयो ।

छलफलमा नाडाका कोषाध्यक्ष सुरेन्द्र उप्रेतिले भारतबाट उच्च गुणस्तरका लुव्रिकेण्टसहरु मात्र आयात गर्न सकिने व्यवस्थाका लागि आग्रह गर्नुभयो ।

यस्तै विभागका महानिर्देशक प्रकाश पौडेलले अटोमोवाइल क्षेत्रमा ज्वलन्त रुपमा के–के समस्याहरु छन् त्यसलाई बुंदागत रुपमा विभागमा पठाउन अनुरोध गर्नुभएको छ ।

वि.सं.२०७८ असार २४ बिहीवार १३:०२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...