back
NMB ad

एनसेलका कर्मचारीहरुको आन्दोलन छैटौँ दिन पनि जारी

Kumari bank ad

काठमाडौं । निजी क्षेत्रको प्रतिष्ठित दुरसंचार कम्पनी एनसेलका कर्मचारीहरुको आज छैटौँ दिन पनि जारी रहेको छ ।

एनसेलले कर्मचारीहरुलाई अन्यापूर्ण व्यवहार, कर्मचारी कारबाही, वृत्ति विकासमा नाम गरेको सरुवा, कम्पनीले दिएको मानसिक याताना लगायतको विरोध गर्दै कर्मचारीहरु आइतबारदेखि आन्दोलित छन् ।

एनसेल कर्मचारी ट्रेड यूनियनले असार १९ गतेदेखि सुरु गरेको आन्दोलनको बोधार्थ श्रम तथा रोजगार कार्यालय टेकु र दुरसञ्चार प्राधिकरण जमललाई समेत गराएका छन् ।

यो पनि: झनै चर्कियो एनसेलका कर्मचारीको आन्दोलन, श्रम कार्यालयदेखि र प्राधिरकणसम्म पुगे (फोटो फिचर)

कम्पनिले मानसिक यातना दिएको, कोरोना विरुद्धको खोपमा विभेद गरेको लगायत आरोप लगाएका छन् । कम्पनिले युनियनकै अध्यक्षलाई धम्कीपूर्ण पत्र लेख्ने र कर्मचारीहरूलाई निकाल्ने तथा सुरुवा गर्ने गरेकाले आफूहरू बाध्य भएर विरोधमा उत्रिनु परेको कर्मचारीहरुले बताएका छन् ।

एनसेल व्यवस्थापनले सामुहिक सौदाबाजी कोरोना महामारिको दौरानमा कर्मचारीहरुलाई बर्खास्त गर्ने, बलपूर्वक सरूवा गर्ने, गैरकानूनी तबरमा चेताबनी दिने र सामुहिक सौदाबाजीका बिबादलाई समाधान नगर्ने कर्मचारीहरुमा त्रास र भयको वातावरण सिर्जना गर्न विभिन्न गतिविधिहरु संचालन गरेको कर्मचारीहरुको आरोप छ ।

यो पनि :एनसेलले कर्मचारीलाई दियो धम्की, जागिरबाट निकाल्न थालेपछि आन्दोलित

 

वि.सं.२०७८ असार २४ बिहीवार १४:१७ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...