काठमाडौं । बिहीबार गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको सेयर मूल्यमा उछाल आएको छ । साताको अन्तिम कारोबार दिन कम्पनीको सेयर मूल्य ९.४७ प्रतिशतले वृद्धि भएको हो ।
आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४१ रुपैयाँले वृद्धि भई ४७४ पुगेको छ । उक्त दिन कम्पनीको ९३ लाख ८३ हजार ६२८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
कम्पनीको २० हजार ८३७ कित्ता सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ ।
वि.सं.२०७८ असार २४ बिहीवार १५:०९ मा प्रकाशित