back
NMB ad

बैंकमा लगानीकर्ता झुम्मिदा सेयर बजारमा दोहोरो अंकको बढोत्तरी

Kumari bank ad

काठमाडौं । सातको अन्तिम दिन बिहीबार सेयर कारोबारमा दोहोरो अंकको सुधार आएको छ । निकै उतार चढावकाबीच अन्तिम समयमा बजारमा दोहोरो अंकको सुधार देखिएको छ । यो दिनको कारोबारमा बैंकिङ समूहले बजार बढ्न सहयोग गरेको छ ।

बजार मापन गर्ने सूचक २३.९७ अंकले बढेर २८२५.११ बिन्दुमा रोकिएको छ । यो दिनको कारोबारमा ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.४१ अंकले बढेर ५२९.६६ बिन्दुमा रोकिएको छ । २२३ कम्पनीको १ करोड ३१ लाख ४३ हजार २४० कित्ता सेयर ४ अर्ब ८१ करोड ५५ लाख २० हजार २९४ रुपैयाँको कारोबार भएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचकमा सुधार देखिएको छ । कारोबारमा बैंकिङ समूहको उपसूचक १७.८१ अंकले बढेको छ । यस्तै विकास बैंक ८९.५७,जलविद्युत ५२.०६, वित्त कम्पनी ६४.५९, निर्जीबन बीमा ४.२३, उत्पादन तथा प्रशोधन ६८.२९, जीवन बीमा समूहको उपसूचक ४२.०२ अंकले बढेको छ ।

यो दिन कारोबारमा रकमको आधारमा नेपाल बैंक अग्रस्थानमा रहेको छ । नेपाल बैंकको २१ करोड ५२ लाख ९१ हजार ५७ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा हिमालयन डिस्ट्रिलरी र एनआईसी एशिया बैंक रहेको छ ।

वि.सं.२०७८ असार २४ बिहीवार १५:२० मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...